मुख्य समाचार
अमेरिकाको चुनावी विज्ञापनमा १५ खर्ब खर्च
अमेरिकाको चुनावी विज्ञापनमा १५ खर्ब खर्च

— अमेरिकी चुनावका लागि डेमोक्रयाट्स र रिपब्लिकन्स दुवै दलका उम्मेदवारहरूले कुल १० अर्ब ५० करोड डलर (हालको विनिमय दरअनुसार करिब १४ खर्ब ७० अर्ब रुपैयाँ) विज्ञापनमा खर्च गरेको पाइएको छ । डेमोक्य्राक्ट्सले ५.१ अर्ब डलर र रिपब्लिकन्सले ४.१७ अर्ब डलर खर्च गरेका छन् । बाँकी १.३६ अर्ब डलर स्वतन्त्र समूहहरूले चुनावी विज्ञापनमा खर्च गरेको पाइएको छ ।



रेडियो, टेलिभिजन, स्याटलाइट, केबल र डिजिटल विज्ञापनमा यत्तिका रकम खर्च गरिएको विज्ञापन गणना गर्ने संख्या एडइम्प्याक्टको तथ्यांकले देखाएको छ ।


अमेरिकाको नेसनल पब्लिक रेडियो (एनपीआर) ले गरेको विश्लेषणअनुसार सबैभन्दा धेरै पेन्सलभेनियामा उम्मेदवारहरूले विज्ञापनमा पैसा हालेका थिए । अत्यन्तै कडा प्रतिस्पर्धामा रहेको र ‘स्विङ स्टेट’ भनिने अनिर्णीत राज्यमध्ये प्रमुख मानिएको पेन्सलभेनियामा मात्रै १.२ अर्ब डलर खर्चिएर उम्मेदवार एवं दलहरूले विज्ञापन सम्प्रेषण गरेका थिए ।

पेन्सलभेनियामा डेमोक्य्राक्टसले ६३ करोड ७० लाख डलर र रिपब्लिकन्सले ५४ करोड ३० लाख डलर विज्ञापनमा खन्याएका थिए । राष्ट्रपतिको चुनावी अभियानसँगै सिनेट र हाउसको चुनावका लागि पनि यो राज्यमा कडा प्रतिस्पर्धा छ ।

सिनेट प्रतिस्पर्धामा ३४ करोड ४० लाख डलर खर्च भएको छ । तथापी, सिनेटको चुनावका लागि सबैभन्दा बढी खर्च चाहिँ ओहायोमा गरिएको छ जहाँ करिब ५१ करोड ८० लाख डलरको विज्ञापन बजिसकेको एनपीआरको विश्लेषण छ ।

राष्ट्रपति चुनावका लागि सबै राज्यमा गरेमा ३ अर्ब डलरको विज्ञापन गरिएको तथ्यांक अमेरिकी सञ्चार माध्यमले प्रस्तुत गरेका छन् ।

‘राष्ट्रपतिय चुनावी अभियान मुख्यतया सातवट प्रदेशमा सिमित रहेको देखिन्छ,’ एनपीआरको लेखेको छ, ‘प्रत्येक ५ डलरमध्ये ४ डलर पेन्सलभेनिया, मिसिगन, विस्कन्सिन, जर्जिया, नर्थ क्यारोलाइना, एरिजोना र नेभाडामा खर्च गरिएको छ ।’ प्रतिस्पर्धी राज्यको सन्दर्भमा सन् २०२० को तुलनामा यसपटक राष्ट्रपति चुनावमा गरिएको खर्च उल्लेखनीय भएको एनपीआरको विश्लेषण छ ।

सन् २०२० को आम निर्वाचनमा फ्लोरिडामा ३७ करोड १० लाख डलर विज्ञापनमा खर्च गरिएकोमा यसपटक ४० लाख डलर मात्रै खर्च भएको छ । सन् २०२० मा सबैभन्दा धेरै रकम जर्जियामा खर्च भएको थियो ।

त्यो बेला जर्जियामा राष्ट्रपतिको चुनावका लागि तिब्र प्रतिस्पर्धा थियो र सिनेटको रन-अफ निर्वाचनसमेत भएको थियो। तर २०२० मा जर्जियामा भएका सबै चुनावहरूमा जम्मा ७८ करोड ७० लाख डलर खर्च भएको थियो, जुन यस वर्ष पेनसिल्भेनियामा देखिएको खर्चभन्दा लगभग आधा अर्ब डलरले कम हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...