मुख्य समाचार
इंग्ल्याण्डका स्टेफन इस्किनाजीले काठमाडौं गुर्खाजबाट एनपीएल खेल्ने
इंग्ल्याण्डका स्टेफन इस्किनाजीले काठमाडौं गुर्खाजबाट एनपीएल खेल्ने

। इंग्ल्याण्डका विकेटकिपर ब्याटर स्टेफेन इस्किनाजीले काठमाडौं गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

काठमाडौं गुर्खाजले मंगलबार इस्किनाजीलाई आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ ।


दक्षिण अफ्रिकामा जन्मिएका ३० वर्षीय इस्किनाजीले त्यसपछि अष्ट्रेलियाको उमेर समूहमा खेलेका थिए । तर हाल उनी इंग्लिस खेलाडी बनिसकेका छन् । पर्थ स्कोर्चर्सका लागि बिस बाग लिग खेलेका इस्किनाजीले भाइटालिटी टी-२० ब्लास र दी हन्ड्रेड क्रिकेट पनि खेलेका छन् ।

इस्किनाजले सबैखाले गरी ११० टी-२० खेल खेलेका छन् । जसमा उनले ३ हजार १०५ रन बनाएका छन् । उनको उच्च स्कोर १०२ रन हो । यस्तै उनले ८८ फर्स्ट क्लास र ३० लिस्ट ए क्रिकेट पनि खेलेका छन् ।

टी-२० ब्लास्ट र बिग बास लिगको अनुभव भएका इस्किनाजीको आगमनले काठमाडौं गुर्खाज टिमलाई बलियो बनाउने टिमको विश्वास छ ।

काठमाडौंले अनुबन्ध गरेको इस्किनाजी तेस्रो विदेशी खेलाडी हुन् । यसअघि काठमाडौंले नेदरल्याण्ड्सका युवा ओपनर ब्याटर माइकल लेभिट र नामिबियाका कप्तान जेरार्ड एरासमसलाई अनुबन्ध गरिसकेको छ ।

काठमाडौंले अब एक विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । करण केसी मार्की खेलाडी रहेको काठमाडौं गुर्खाजको प्रशिक्षकमा बसन्त शाही ठकुरी छन् ।

क्यानको आयोजनामा मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...