मुख्य समाचार
नामिबियाका ब्याटर जान निकोल लोफ्टी–इटनलाई नेपाल प्रिमियर लिग चितवन राइनोजले अनुबन्ध
नामिबियाका ब्याटर जान निकोल लोफ्टी–इटनलाई नेपाल प्रिमियर लिग चितवन राइनोजले अनुबन्ध

— नामिबियाका ब्याटर जान निकोल लोफ्टी–इटनलाई नेपाल प्रिमियर लिग (एनपीएल) चितवन राइनोजले अनुबन्ध गरेको छ ।



राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन् । यसअघि मर्चेन्ट डी ल्याङ्गा, ल्युक मार्टिन बेनकेन्स्टाइन र हसन इशाखिललाई अनुबन्ध गरिसकेको छ ।


बायाँहाते २३ वर्षीय ब्याटरले फ्रेबुअरीमा ट्वान्टी–२० आईमा सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका थिए । अहिले छिटो शतक बनाउने सूचीमा उनी दोस्रो स्थानमा छन् । नेपालमा भएको घरेलु टोली, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिदेशीय शृंखलाको उद्घाटन खेलमा उनले उक्त सफलता पाएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध उनले ३३ बलमा शतक बनाएका थिए । एक बल कम खेल्दै उनले नेपाली अलराउन्डर कुशल मल्लको कीर्तिमान तोडेका थिए । हाल छिटो शतक बनाउने सूचीमा चौथो स्थानमा छन् । कुशलले गत वर्ष चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ वर्षमा शतक पूरा गरेका थिए ।

कुशल र लोफ्टी इटन दुवैले चितवन राइनोजबाट एनपीएल खेल्नेछन् । चितवन राइनोजमा अनुबन्ध हुन पाउँदा लोफ्टी–इटने खुसी व्यक्त गरेका छन् । ‘त्रिवि क्रिकेट मैदानको सम्झना मेरो मानसपटलमा कोरिएको छ । यो मैदानले मलाई टी–२० क्रिकेटको सबैभन्दा अविस्मरणीय इनिङ्स खेल्ने अवसर दिएको छ । अब नेपाली क्रिकेट समर्थकसामु चितवन राइनोजबाट त्यस्तै प्रदर्शन गर्ने समय आएको छ,’ उनले विज्ञप्तिमा भनेका छन् ।

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले लोफ्टी इटर र कुशल मल्ल एकै टोलीमा भएका कारण एनपीएल थप रोमाञ्चक हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...