मुख्य समाचार
नामिबियाका ब्याटर जान निकोल लोफ्टी–इटनलाई नेपाल प्रिमियर लिग चितवन राइनोजले अनुबन्ध
नामिबियाका ब्याटर जान निकोल लोफ्टी–इटनलाई नेपाल प्रिमियर लिग चितवन राइनोजले अनुबन्ध

— नामिबियाका ब्याटर जान निकोल लोफ्टी–इटनलाई नेपाल प्रिमियर लिग (एनपीएल) चितवन राइनोजले अनुबन्ध गरेको छ ।



राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन् । यसअघि मर्चेन्ट डी ल्याङ्गा, ल्युक मार्टिन बेनकेन्स्टाइन र हसन इशाखिललाई अनुबन्ध गरिसकेको छ ।


बायाँहाते २३ वर्षीय ब्याटरले फ्रेबुअरीमा ट्वान्टी–२० आईमा सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका थिए । अहिले छिटो शतक बनाउने सूचीमा उनी दोस्रो स्थानमा छन् । नेपालमा भएको घरेलु टोली, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिदेशीय शृंखलाको उद्घाटन खेलमा उनले उक्त सफलता पाएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध उनले ३३ बलमा शतक बनाएका थिए । एक बल कम खेल्दै उनले नेपाली अलराउन्डर कुशल मल्लको कीर्तिमान तोडेका थिए । हाल छिटो शतक बनाउने सूचीमा चौथो स्थानमा छन् । कुशलले गत वर्ष चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ वर्षमा शतक पूरा गरेका थिए ।

कुशल र लोफ्टी इटन दुवैले चितवन राइनोजबाट एनपीएल खेल्नेछन् । चितवन राइनोजमा अनुबन्ध हुन पाउँदा लोफ्टी–इटने खुसी व्यक्त गरेका छन् । ‘त्रिवि क्रिकेट मैदानको सम्झना मेरो मानसपटलमा कोरिएको छ । यो मैदानले मलाई टी–२० क्रिकेटको सबैभन्दा अविस्मरणीय इनिङ्स खेल्ने अवसर दिएको छ । अब नेपाली क्रिकेट समर्थकसामु चितवन राइनोजबाट त्यस्तै प्रदर्शन गर्ने समय आएको छ,’ उनले विज्ञप्तिमा भनेका छन् ।

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले लोफ्टी इटर र कुशल मल्ल एकै टोलीमा भएका कारण एनपीएल थप रोमाञ्चक हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...