मुख्य समाचार
स्कटल्याण्डका पेस बलर क्रिस सोल नेपाल प्रिमियर लिगका लागि विराटनगर किंग्समा अनुबन्ध
स्कटल्याण्डका पेस बलर क्रिस सोल नेपाल प्रिमियर लिगका लागि विराटनगर किंग्समा अनुबन्ध

। स्कटल्याण्डका पेस बलर क्रिस सोल नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्समा अनुबन्ध भएका छन् ।

मंगलबार विराटनगरले पेस बलर क्रिस सोललाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको जनाएको छ । ३० वर्षीय सोलले स्कटल्याण्डको उमेर समूह, स्कटल्याण्ड ए टिम हुँदै हाल राष्ट्रिय टिमबाट खेलिरहेका छन् ।




उनले स्कटल्याण्डका लागि १७ टी-२०आई म्याच खेल्दै १५ विकेट लिएका छन् । यस्तै सोलले ३१ ओडीआई खेलेका छन् ।

सोलले क्यारेबियन प्रिमियर लिग र इन्टरनेशनल लिग टी-२० खेलेका छन् । यस्तै उनलाई २०२४ जुनमा इंग्ल्याण्डको टी-२० क्रिकेट भाइटालिटी ब्लास्टका लागि ग्लामोर्गनले अनुबन्ध गरेको थियो ।




सोल विराटनगरले अनुबन्ध गरेको चौथो विदेशी खेलाडी हुन् । यसअघि विराटनगरले न्युजिल्याण्डका स्टार ब्याटर मार्टिन गप्टिल, ओमानका कप्तान तथा अलराउण्डर अकिब इल्यास र क्यानडाका कप्तान निकोलस किर्टोनलाई अनुबन्ध गरिसकेको छ ।

चार विदेशी खेलाडी अनुबन्ध गरेपछि विराटनगर किंग्सको टोली सन्तुलित देखिएको छ । मार्टिन गप्टिल टप अर्डरमा खेल्छन् भने अकिब इल्यास र निकोलस किर्टोन ब्याटिङ अलराउण्डरको रुपमा छन् । दुवैले टप अर्डरमा खेल्न सक्छन् । यस्तै नेपालका लोकेश बम पनि ओपनिङ ब्याटर र विकेटकिपर हुन् ।

मार्की खेलाडी सन्दीप लामिछानेको नेतृत्वमा हुने बलिङ अट्याकमा क्रिस सोलसँगै नेपालका प्रतिश जिसी, जितेन्द्र मुखिया, बसिर अहमद, सुवास भण्डारी जस्ता खेलाडी हुनेछन् ।

विराटनगरले मुख्य प्रशिक्षकमा आयरल्याण्डका केभिन ओ’ब्रायनलाई अनुबन्ध गरेको छ । मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...