मुख्य समाचार
स्कटल्याण्डका पेस बलर क्रिस सोल नेपाल प्रिमियर लिगका लागि विराटनगर किंग्समा अनुबन्ध
स्कटल्याण्डका पेस बलर क्रिस सोल नेपाल प्रिमियर लिगका लागि विराटनगर किंग्समा अनुबन्ध

। स्कटल्याण्डका पेस बलर क्रिस सोल नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्समा अनुबन्ध भएका छन् ।

मंगलबार विराटनगरले पेस बलर क्रिस सोललाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको जनाएको छ । ३० वर्षीय सोलले स्कटल्याण्डको उमेर समूह, स्कटल्याण्ड ए टिम हुँदै हाल राष्ट्रिय टिमबाट खेलिरहेका छन् ।




उनले स्कटल्याण्डका लागि १७ टी-२०आई म्याच खेल्दै १५ विकेट लिएका छन् । यस्तै सोलले ३१ ओडीआई खेलेका छन् ।

सोलले क्यारेबियन प्रिमियर लिग र इन्टरनेशनल लिग टी-२० खेलेका छन् । यस्तै उनलाई २०२४ जुनमा इंग्ल्याण्डको टी-२० क्रिकेट भाइटालिटी ब्लास्टका लागि ग्लामोर्गनले अनुबन्ध गरेको थियो ।




सोल विराटनगरले अनुबन्ध गरेको चौथो विदेशी खेलाडी हुन् । यसअघि विराटनगरले न्युजिल्याण्डका स्टार ब्याटर मार्टिन गप्टिल, ओमानका कप्तान तथा अलराउण्डर अकिब इल्यास र क्यानडाका कप्तान निकोलस किर्टोनलाई अनुबन्ध गरिसकेको छ ।

चार विदेशी खेलाडी अनुबन्ध गरेपछि विराटनगर किंग्सको टोली सन्तुलित देखिएको छ । मार्टिन गप्टिल टप अर्डरमा खेल्छन् भने अकिब इल्यास र निकोलस किर्टोन ब्याटिङ अलराउण्डरको रुपमा छन् । दुवैले टप अर्डरमा खेल्न सक्छन् । यस्तै नेपालका लोकेश बम पनि ओपनिङ ब्याटर र विकेटकिपर हुन् ।

मार्की खेलाडी सन्दीप लामिछानेको नेतृत्वमा हुने बलिङ अट्याकमा क्रिस सोलसँगै नेपालका प्रतिश जिसी, जितेन्द्र मुखिया, बसिर अहमद, सुवास भण्डारी जस्ता खेलाडी हुनेछन् ।

विराटनगरले मुख्य प्रशिक्षकमा आयरल्याण्डका केभिन ओ’ब्रायनलाई अनुबन्ध गरेको छ । मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...