मुख्य समाचार
लिभरपुलले च्याम्पियन्स लिगमा बायर लेभरकुजनलाई सजिलै ४–० ले पराजित
लिभरपुलले च्याम्पियन्स लिगमा बायर लेभरकुजनलाई सजिलै ४–० ले पराजित

— लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट सुरुवातलाई कायम राख्दै मंगलबार राति युरोपेली च्याम्पियन्स लिगमा बायर लेभरकुजनलाई सजिलै ४–० ले पराजित गरेको छ । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड र इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी भने अविश्वसनीय रूपमा पराजित रहे ।



एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि लुइस डियाजले ह्याट्रिक गरे । उनले ६१, ८३ र दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरे । कोडी काक्पाले अर्को एक गोल गरे । यो जितपछि लिभरपुल चार खेलबाट १२ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ । यो खेल लिभरपुलका लागि पूर्व खेलाडी ज्याभी एलोन्सोको एनफिल्ड पुर्नआगमन पनि रह्यो ।


तर यो सुखद हुन सकेन र प्रशिक्षकका रूपमा नमीठो हार बेहोरे । मंगलबारको अर्को सबैभन्दा ठूलो विशेषता स्पोर्टिङ लिस्वन रह्यो । उसले सिटीलाई ४–१ ले पराजित गर्‍यो । सिटीको यो लगातार तेस्रो हार हो । लिस्वन १० अंकमा दोस्रो स्थानमा छ । मोनाकोको पनि समान १० अंक छ र उसले भने बोलोग्नालाई १–० ले हराएको हो ।

रियल भने एसी मिलानको हातबाट ३–१ ले पराजित रह्यो । रियलको यो लगातार दोस्रो हार हो । अन्य खेलमा बोरुसिया डर्टमुन्डले स्टर्म ग्राजलाई १–०, सेल्टिकले आरबी लाइपजिगलाई ३–१, पीएसजी आयनहोभनले जिरोनालाई ४–० र डायनामो जागरेभले स्लोभान ब्राटिस्लाभलाई ४–१ ले हरायो । लिल र युभेन्ट्सले भने १–१ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...