मुख्य समाचार
अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले जनकपुर बोल्ट्सबाट खेल्ने
अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले जनकपुर बोल्ट्सबाट खेल्ने

। अमेरिकन क्रिकेटर लाहिरू मिलान्थाले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

जनकपुर बोल्ट्सले मंगलबार विज्ञप्ति जारी गर्दै श्रीलंकन ओरिजिनका अमेरिकन क्रिकेटर मिलान्थालाई अनुबन्ध गरेको छ ।


एक समय श्रीलंका ‘ए’ र श्रीलंकाको इमर्जिङ टोलीबाट खेलेका मिलान्थाले यसअघि पनि नेपालमा आएर खेलिसकेका छन् । उनी हाल अमेरिकामै क्रिकेट खेल्दै आएका छन् । अब उनले मंसिर मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने एनपीएल जनकपुर टिमबाट खेल्नेछन् ।

एनपीएलका लागि जनकपुर बोल्ट्समा अनुबन्ध हुने मिलान्था चौथो विदेशी खेलाडी हुन् । बोल्ट्सले यसअघि नै न्युजिल्यान्डका क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेको छ । यस्तै अमेरिका नै बेस बनाएर क्रिकेट खेलिरहेका अमेरिकन जोशुआ ट्रम्प र पाकिस्तानका मोहम्मद मोहसिनलाई पनि जनकपुरले विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

नेपाल क्रिकेट संघले दुई वर्षअघि आयोजना गरेको नेपाल टी–२० लिगमा उनले लुम्बिनी अल स्टारबाट खेलेका थिए । अल स्टार टोलीलाई च्याम्पियन बनाउने क्रममा मिलान्थाले १२२ माथिको स्ट्राइक रेटमा ३४९ रन बनाएका थिए । उनी सो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा थिए । मिलान्थाले फाइनलमा ४१ रन बनाएका थिए ।

मिलान्थालाई अनुबन्ध गर्न रणनीतिक कदम भएको र उनको यसअघिको अनुभव एनपीएलका लागि राम्रो हुने जनकपुर बोल्ट्सका निर्देशक अमित राम श्रेष्ठले बताए ।

‘लाहिरु मिलान्थालाई अनुबन्ध गर्नु जनकपुर बोल्ट्सका लागि रणनीतिक कदम हो । उनीसँग यसअघि नेपालमा खेलेको अनुभव छ र त्यो हाम्रो लागि ठूलो सम्पत्ति हो । जसले उनलाई स्थानीय अवस्था र प्रशंसकको अपेक्षाहरूबारे जानकारी हुनेछ,’ श्रेष्ठले भने, ‘उनले त्यो अनुभवलाई आफ्नो खेल कौशलसँग मिलाएर एनपीएलमा हाम्रो टिमका लागि राम्रो प्रदर्शन गर्नेमा हाम्रो विश्वास छ,’ जनकपुर बोल्ट्सका निर्देशक अमित राम श्रेष्ठले भने ।

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...