मुख्य समाचार
अमेरिकी राष्ट्रपतीय चुनावमा कुन सेलिब्रेटीको समर्थन कसलाई ?
अमेरिकी राष्ट्रपतीय चुनावमा कुन सेलिब्रेटीको समर्थन कसलाई ?

। अमेरिकामा आज राष्ट्रपतीय निर्वाचन हुँदैछ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । रोचक के छ भने, अमेरिकी राष्ट्रपतीय चुनाव नेपथ्यमा सेलिब्रेटीबीचको प्रतिस्पर्धा पनि हो ।

उम्मेदवारले प्रस्तुत गरेका मुद्दालाई समर्थन गर्दै सेलिब्रेटी पनि उनीहरुको पक्षमा खुलेका छन् । अधिकांश ठूला सेलिब्रेटीको समर्थन ह्यारिसलाई छ भने ट्रम्पको पक्षमा पनि कलाकार खुलेका छन् ।




ठूला सेलिब्रेटीले ‘स्टारपावर’ ह्यारिसको पक्षमा प्रस्तुत गरेका छन् । पपस्टार बियोन्सेले ह्युस्टनमा आयोजित चुनावी र्‍यालीमा ह्यारिसलाई इन्डोर्स गरिन् । लेडी गागाले पेन्सिलभेनियामा सँगै र्‍याली गरेकी छन् ।

पपस्टार रिहाना, केटी पेरी, जेनिफर लोपेथ, टेलर स्विफ्ट, कार्डी बी, लिज्जो र म्याडोना, एमिनेम, हलिउड फिल्म ‘एभेन्जर्स’का कलाकार समूह (रोबर्ट डाउने जुनियर, क्रिस इभान्स, मार्क रफेलो) हलिउड स्टारहरु ह्यारिसन फोर्ड, लियोनार्दो डिक्याप्रियो ह्यारिसको पक्षमा खुलेका छन् ।




ट्रम्पको पक्षमा अर्बपति इलन मस्कसहित इन्टरनेटका भाइरल फिगर खुलेका छन् । जो रोगन, डार्क म्यागा एलोन मस्क, जेक पल, हल्क होगन, निकी जाम, डा बज एल्ड्रिन, मेल गिब्सन, टकर कार्लसन, रोबर्ट एफ केनेडी जूनियर, जोन भोइग्ट, जाचेरी लेवी, कान्ये, कोडाक ब्ल्याक ट्रम्पको पक्षमा खुलेका छन् ।

दाना ह्वाइट, रिसेल ब्रान्ड, किड रक पनि ट्रम्पको पक्षमा छन् । उनीसँग महिला समर्थकहरू पनि छन् जस्तै ब्रिटनी माहोम्स, ड्रिया डे माटेओ, सवाना क्रिसले, एम्बर रोज, सेक्सी रेड छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...