मुख्य समाचार
अमेरिकाले बी–५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति
अमेरिकाले बी–५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति

। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले इरानमा बी–५२ बमवर्षक विमान तैनाथ गरिएपछि अमेरिकाको आलोचना गरेका छन् ।

‘यस क्षेत्रमा अमेरिकाको उपस्थिति अस्थिर भएको हाम्रो बुझाई रहेको छ’ बाघाईले एक पत्रकार सम्मेलनमा भने, ‘यसले आफ्नो रक्षा गर्ने (इरानको) सङ्कल्पलाई रोक्न सक्दैन ।’


अमेरिकी सेनाले शनिबार मध्यपूर्वमा बी–५२ बमवर्षक विमान तैनाथ गरिने चेतावनी इरानलाई दिएको छ ।

अक्टोबर १ मा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले इरानसमर्थित लडाकू नेता र रिभोल्युसनरी गार्डका कमाण्डरको हत्या गरेको थियो भने यसको बदलामा पुनः इजरायलले इरानविरूद्ध आक्रमण गरेको थियो ।


उक्त आक्रमणमा परी कम्तीमा चार सैनिकको मृत्यु हुनुका साथै केही राडार प्रणालीमा ‘सीमित क्षति’ पुगेको अधिकारीहरूले बताएका छन् । इरानी सञ्चारमाध्यमले पनि एक जना सर्वसाधारणको मृत्यु भएको जनाएका छन् ।

बघाईले इरानको प्रतिक्रिया ‘निश्चित र निर्णायक’ हुने बताएका छन् ।

इरानसमर्थित हमास र हिजबुल्लाह सशस्त्र समूहसँग इजरायल युद्धरत गाजा र लेबनानमा युद्धविरामका लागि दबाब दिन इरानले ‘सबै पहल र प्रयास’लाई समर्थन गरेको उनले बताए ।

इजरायलले अक्टोबर २६ मा इरानको प्रतिरक्षा क्षमता र क्षेप्यास्त्र उत्पादनलाई लक्षित गरी आक्रमण गरेको बताएको थियो।

सोमबार इरानका राष्ट्रपति मसूद पेजेशकियानले भनेका थिए, ‘इरानसँग क्षेप्यास्त्र छ, इजरायलले हामीमाथि आक्रमण गर्ने आँट गर्दैन ।’

पत्रकार सम्मेलनमा बघाईले इरानले आणविक सिद्धान्त परिवर्तन नगर्ने र आणविक अस्त्रको अनुसरण नगर्ने आधिकारिक अडान यथावत रहेको बताए ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको हालैको सम्बोधनलाई उद्धृत गर्दै बघाईले इस्लामिक गणतन्त्र इरान आफ्नो रक्षाका लागि आवश्यक सबै कुराबाट सुसज्जित हुने बताएका थिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम