मुख्य समाचार
क्यानडाका प्रधानमन्त्रीले टोरन्टो नजिकैको एक हिन्दू मन्दिरमा भएको हिंसालाई ‘अस्वीकार्य’ भन्दै निन्दा गरे
क्यानडाका प्रधानमन्त्रीले टोरन्टो नजिकैको एक हिन्दू मन्दिरमा भएको हिंसालाई ‘अस्वीकार्य’ भन्दै निन्दा गरे

। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतबार टोरन्टो नजिकैको एक हिन्दू मन्दिरमा भएको हिंसालाई ‘अस्वीकार्य’ भन्दै निन्दा गरेका छन् ।

टोरन्टोबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको ब्राम्पटन सहरका स्थानीयको प्रदर्शनका क्रममा शान्ति कायम गर्न हिन्दू सभा मन्दिर बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको बताएका छन् ।




पील रिजनल पुलिसका प्रवक्ताका अनुसार अहिलेसम्म हिंसात्मक कार्यमा सहभागी भएका कसैलाई पनि पक्राउ गरिएको छैन ।

प्रहरीले हिंसामा कुनै समूहको संलग्नता रहेको किटानीसाथ आरोप लगाउन अस्वीकार गरेको छ ।




‘ब्रैम्पटनस्थित हिन्दू सभा मन्दिरमा आज भएको हिंसात्मक कार्य अस्वीकार्य छ। प्रत्येक क्यानेडियालीलाई आफ्नो विश्वासलाई स्वतन्त्र र सुरक्षित रूपमा अभ्यास गर्ने अधिकार छ,’ ट्रुडोले एक्समा लेखेका छन् ।

एक संघीय सांसद तथा ट्रुडोको लिबरल पार्टीका सदस्य चन्द्र आर्याले भारतको पञ्जाब राज्यमा स्वतन्त्र सिख मातृभूमिका लागि पृथकतावादी आन्दोलनका समर्थकहरूलाई सङ्केत गर्दै ‘खालिस्तानी’लाई यो घटनाका लागि जिम्मेवार ठहराएका छन् ।

ओटावाले सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय अङ्गीकृत क्यानेडियाली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारले षड्यन्त्र गरेको आरोप लगाएपछि क्यानडा र भारतबीचको सम्बन्धमा खटपट आएको छ ।

निज्जरको हत्यापछि क्यानडाले भारतमाथि क्यानडाको भूमिमा सिख कार्यकर्ताहरूलाई लक्षित गरी व्यापक अभियान चलाएको आरोप लगाएको छ ।

‘क्यानडाका खालिस्तानी अतिवादीहरूले आज सुरक्षाको सीमा पार गरेका छन्,’ आर्याले एक्समा लेखेका छन् ।

‘ब्राम्पटनस्थित हिन्दू सभा मन्दिर परिसरभित्र क्यानेडियाली हिन्दू भक्तजनमाथि खालिस्तानीहरूले गरेको आक्रमणले क्यानाडामा खालिस्तानी हिंसात्मक अतिवाद कति गहिरो र निर्लज्ज भएको छ भन्ने देखाउँछ,’ उनले भने ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा खालिस्तानको पहेँलो झण्डा बोकेका व्यक्तिहरू भारतीय झण्डा बोकेका व्यक्तिसहित एक प्रतिद्वन्द्वी समूहसँग भिडन्त गरिरहेको देखिन्छ।

ट्रुडोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले क्यानडाको सार्वभौमिकताको उल्लङ्घन गरेको आरोप लगाएका छन् भने भारतले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

दिल्ली र ओटावाले यसै महिनाको सुरुमा एकअर्काका राजदूत र अन्य वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेका थिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम