मुख्य समाचार
अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै
अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै

। अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ ।

चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो भने आर्थिक वर्ष २०७८/०७९मा ७२ मेट उत्पादन गरी ९ करोड ६० लाख रुपैयाँको निर्यात गरिएको थियो ।


बोर्डले आव २०८०/०८१ को विस्तृत तथ्यांक संकलन कार्य भइरहेको जनाएको छ । आर्थिक वर्ष २०७८/०७९मा देशभर ४५० मेट कफीको आयात गरी ३२ करोड रुपैयाँ खर्च गरिएकामा आर्थिक वर्ष २०७९/०८० मा रु १० करोडको मात्र आयात गरिएको थियो ।

यो करिब रु २२ करोडले आयात न्यूनीकरण भएको बोर्डका निर्देशक दिपक खनालले जानकारी दिए । उनले कफीका लागि उपयुक्त हावापानी र क्षेत्र विस्तारले उत्पादनमा पनि वृद्धि भएको बताए ।


हाल देशभर तीन हजार छ सय ५९ हेक्टर क्षेत्रफल जमिनमा कफी विस्तार गरी करिब तीन सय ९५ मेट्रिकटन ‘ग्रिनविन’ उत्पादन गरिएको छ । यस क्षेत्रमा कार्यरत कृषकको संख्या हाल ३३ हजार छ भने नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा माग करिब १४ हजार मेट्रिकटन रहेको बोर्डले जनाइएको छ ।

नेपालमा गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङलगायत ४३ जिल्लामा यसको व्यावसायिक खेती हुँदै आएको जनाइएको छ ।

यस्तै आव २०७८/०७९मा देशभर चियाको निर्यात ३ अर्ब ८० करोड रहेकामा आर्थिक वर्ष २०७९/०८० मा करिब रु १४ करोडले वृद्धि भएको छ । चिया उद्योगको संख्या एक सय ६१ पुगेको छ । यस क्षेत्रमा करिब ६० हजार श्रमिक कार्यरत रहेको बोर्डका अधिकृत चन्द्र पुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— ट्रेजरी बिलमार्फत सरकारले आज (आइतबार) ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गरेर १८२ दिने ट्रेजरी बिलमार्फत उल्लिखित रकम उठाउन लागेको जनाएको हो । ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । ट्रेजरी ...
— चालु आर्थिक वर्षको दुई तिहाई समय अर्थात आठ महिना सकिँदा भरतपुर महानगरपालिकाले विकास बजेट (पुँजीगत खर्च)को एक चौथाई मात्र खर्च गर्न सकेको छ । महानगरले दोस्रो चौमासिक अवधिमा सम्पन्न गरेका योजना तथा कार्यक्रम र सेवा प्रवाहका बारेमा जानकारी दिन बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाईमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले पुँजीगत बजेट २ अर्ब ...
। सप्तरीको खडक नगरपालिकाले कृषकहरूलाई राहत स्वरूप निःशुल्क तिर्दै आएको कृषि मिटरको विद्युत् महसुल भुक्तानी स्थगित गरेको छ। नगरपालिकाले विगतदेखि कृषकहरूलाई खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि मिटरको महसुल निःशुल्क तिर्दै आएको थियो । तर पछिल्लो समय बजेट अभाव भएको कारण देखाउँदै उक्त सुविधा स्थगित गरिएको जनाएको छ। ३ चैतमा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार अनुदान बजेट अपर्याप्त भएपछि ...
। मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको छ । खासगरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबिया युद्धबाट प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको हो । पोखरा आउने पर्यटकहरुले धमाधम होटल, ट्राभल र टे«किङ बुकिङ रद्ध गरिरहेको पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले ...
। नेपालका होटलहरूको वगीकरणमा अब नयाँ मापदण्ड बन्ने भएको छ । अहिले २०७६ सालको मापदण्ड कार्यान्वयनमा छ। पर्यटन विभागका अनुसार सो मापदण्डमा समयानुकूल परिमार्जनको तयारी छ । सोहीकरणमा विभागले सरोकारवालासँग राय/सुझाव माग गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै मौजुदा मापदण्ड २०७६ मा सुधार गर्नुपर्ने पक्ष, ग्रिन हस्पिटालिटीका लागि आवश्यक सूचक र होटलको भौतिक पूर्वाधार ...