मुख्य समाचार
पूर्वी इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु
पूर्वी इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु

: पूर्वी इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।



फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी-लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट भएको एजेन्सीहरुले उल्लेख गरेका छन्।

ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा आएपछि उक्त क्षेत्रका बासिन्दाहरू त्रसित भएका छन्। इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी)का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको सङ्ख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट १० हजार २९५ जना प्रभावित भएको बताए।



एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखी नजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ। ज्वालामुखी नजिकै पाँचवटा गाउँ खाली गरिएको र हजारौं मानिस अन्यत्र शरण लिन बाध्य भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तिब्बती बौद्ध धर्म गुरु दलाई लामाले उनको मृत्युपछि पनि उत्तराधिकारी तोकिने बताएकोमा चीनले आपत्ति जनाएको छ । भारतमा निर्वासनमा रहेका दलाई लामाको उक्त भनाइपछि चिनियाँ विदेश मन्त्रालयले लामाको पुनर्जन्मका लागि चीन सरकारको अनुमति आवश्यक रहेको प्रतिक्रिया दिएको हो । साथै चीनले दलाई लामाको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा चिनियाँ कानून र नियमहरुका साथै धार्मिक अनुष्ठान एवं ऐतिहासिक ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन्। यस सम्झौता अन्तर्गत अमेरिकाले भियतनामबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाउने छ। ट्रम्पले सामाजिक सञ्जालमा यो सम्झौता अनुसार भियतनामले अमेरिकी सामानमा कुनै पनि शुल्क नलगाउने भनेका छन्। यसअघि अमेरिकाले भियतनामबाट आयात हुने सामानमा ४६ प्रतिशत भन्सार शुल्क लगाएको थियो। यो जुलाईको ...
: भारतको हिमाचल प्रदेशमा भारी वर्षापछि आएको बाढी पहिरोमा परी ३० जनाको मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन्। हिमाचल प्रदेशको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको र ३४ जना बेपत्ता रहेको जनाएका छन्। डीसी राणाले भने, 'हिमाचल प्रदेशमा जुन १९ मा ...
संयुक्त राज्य अमेरिकासँगको भियतनामको व्यापार सम्झौता
: दुई हप्तामा जापानको दुर्गम र कम जनसंख्या भएका टापुमा ९०० भन्दा बढी पटक भूकम्पको महसुस गरिएको छ। यसले गर्दा यस क्षेत्रका मानिस चिन्तित र रातभर सुत्न सकेका छैनन्। बुधबारको ५.५ म्याग्निच्युडको भूकम्पपछि अधिकारीहरूले जुन २१ देखि टोकारा टापु वरपरको समुद्रमा भूकम्पीय गतिविधि धेरै सक्रिय रहेको बताएका छन्। अधिकारीहरूले कतैबाट कुनै क्षतिको समाचार नआएको र ...