मुख्य समाचार
भारत-क्यानडा तनाव : गृहमन्त्री शाहले शिखहरूमाथि आक्रमण गर्न अनुमति दिएको क्यानडाको दाबी
भारत-क्यानडा तनाव : गृहमन्त्री शाहले शिखहरूमाथि आक्रमण गर्न अनुमति दिएको क्यानडाको दाबी

— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वासपात्र तथा भाजपा नेता अमित शाहलाई ओटावाले क्यानडाको भूमिमा क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ ।



गृहमन्त्रीका रूपमा देशको आन्तरिक सुरक्षा बलको रेखदेख गर्ने शाहको बचाउ गर्दै नयाँ दिल्लीले शनिबार उक्त आरोपलाई ‘बेतुकको आधारहीन’ दावी भएको बताएको छ ।


भाजपामा मोदीपछिको दोस्रो शक्तिशाली व्यक्ति ६० वर्षीय शाहले दशकौँसम्म पार्टीमा एक वफादार नेताका रूपमा सेवा गरेका छन् । यद्यपि, भाजपा र उनका आलोचकहरूले शाहले कुनै समय शृङ्खलाबद्ध हत्याको योजना बनाएको आरोप पनि लगाउने गरेका छन् ।

मोदी र शाहबीचको स्थायी साझेदारीले उनीहरूको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को हिन्दू–राष्ट्रवादी विश्वदृष्टिकोणलाई बलियो बनाएको छ।

मोदीलाई भाजपाको पछाडि जनतालाई परिचालन गर्ने चामत्कारिक अग्रनेता मानिन्छ भने शाहलाई अधीनस्थहरूलाई लाइनमा राख्ने प्रवर्तनकर्ताको रूपमा हेरिन्छ।

'पार्टीमा अहिले नरेन्द्र मोदी र २० वर्षभन्दा बढी समयदेखि मोदीको विश्वासपात्र (दाहिने हात) अमित शाहको पनि पूर्ण प्रभुत्व छ,' राजनीतिशास्त्री तथा भारतका विज्ञ क्रिस्टोफ जाफरलोटले भनेका छन् ।

दुवै जनाले आफ्नो राजनीतिक जीवन पश्चिमी राज्य गुजरातको सबैभन्दा ठूलो सहर अहमदाबादबाट सुरु गरेका थिए । गुजरातमा मोदीले आफूभन्दा १४ वर्ष कान्छा शाहलाई पार्टीमा आफ्नो अभिन्न अङ्गका रूपमा लिएका छन् ।

सन् २००२ मा स्वतन्त्र भारतको इतिहासमा सबैभन्दा खराब धार्मिक हिंसाको चपेटामा परेको बेला मोदी गुजरातका मुख्यमन्त्री थिए । शाह सांसद थिए । उक्त बर्ष दर्जनौँ हिन्दू तीर्थयात्रीको ज्यान जाने गरी रेलगाडीमा आगलागी भएको घटनापछि भड्केको धार्मिक हिंसामा कम्तीमा एक हजार मानिसको मृत्यु भएको थियो ।

झडपमा मृत्यु हुनेमा अधिकांश मुश्लिम धर्मावलम्बी रहेका थिए भने यसका लागि भारतीय यिनै दुई नेता जिम्मेवार रहेको उहाँहरूका आलोचकले दावी गर्ने गरेका छन् ।

मोदीमाथि अशान्ति मच्चाउन मद्दत गरेको र प्रहरी हस्तक्षेपको आदेश दिन असफल भएको आरोप लगाइएको थियो तर उहाँले उक्त आरोप निराधार रहेको भन्दै खण्डन गरेका थिए ।


सोही आरोपका कारण उहाँलाई वर्षौंसम्म संयुक्त राज्य अमेरिका र बेलायतमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो।

तर भाजपाले त्यस वर्षको गुजरात चुनावमा भारी मतान्तरले जितेको थियो । मोदीले शाहलाई राज्यको शक्तिशाली गृह मन्त्रालयमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम