मुख्य समाचार
इंग्ल्यान्डका म्याट क्रिचली पोखरा एभेन्जर्सबाट खेल्ने
इंग्ल्यान्डका म्याट क्रिचली पोखरा एभेन्जर्सबाट खेल्ने

: इंग्ल्यान्डका अलराउन्डर क्रिकेटर म्याट क्रिचलीले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले आफ्नो चौथो विदेशी खेलाडीका रूपमा क्रिचलीलाई टिममा अनुबन्ध गरेको हो।



यसअघि पोखराले वेष्ट इन्डिजका एन्डरसन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ। नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय अलराउन्डर क्रिचली डर्बिशायर काउन्टी क्रिकेट क्लबाट एसेक्स काउन्टी क्रिकेट क्लबका लागि खेल्छन्।

सन् २०१५ ३ मे को कन्टी क्रिकेट च्याम्पियनसिपमा ग्लेमरगनविरुद्ध आफ्नो पहिलो फस्ट क्लास डेब्यु गरेका क्रिचली दोश्रो खेलमै डर्बीशायरका लागि शतक बनाउने सबैभन्दा कान्छो उमेरको खेलाडी बनेका थिए। क्रिचलीले सन् २०१६ को २१ मेमा डर्बिशायरका लागि लंकाशायर लाइटनिंगविरुद्ध खेल्दै पहिलो टि ट्वान्टी खेलमा डेब्यु गरेका थिए।



त्रिचलीको स्पिनर क्षमतालाई अष्ट्रेलियाका लिजेन्ट क्रिकेटर स्टुअर्ट म्याकगिलले इंग्ल्यान्डको लागि उपयुक्त खेलाडी भन्दै तारिफसमेत गरेका थिए। त्यसपछि सन् २०१८ मा उनलाई इंग्ल्यान्ड लायन्समा खेल्न बोलाइएको थियो। डर्बिशायरबाट यस्तो सम्मान पाउने उनी पहिलो खेलाडीका रूपमा चिनिए। र, त्यही वर्ष उनले टी ट्वान्टीको अन्त्यमा चेस्टरफिल्डमा यर्कशायरविरुद्धको प्रतिस्पर्धात्मक खेलमा अन्तिम ओभरमा १९ रन प्रहार गरेर टिमका लागि विजय सुनिश्चित गरेका थिए।

एनपिएलकै सबै भन्दा मंहगो टिम पोखराले सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई पनि अक्सनबाट आफ्नो टिममा छनोट गरेको छ। यो टिममा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स मेन्टर र सल्लाहकारका रूपमा अनुबन्ध भइसकेका छन्। त्यस्तै आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ। एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...