मुख्य समाचार
इरान र इरानका सहयोगीमाथि आक्रमणको बदला लिने खमेनीको चेतावनी
इरान र इरानका सहयोगीमाथि आक्रमणको बदला लिने खमेनीको चेतावनी

— इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले इजरायल र यसको सहयोगी अमेरिकाले तेहरान र यसका समर्थक समूहलाई लक्षित गरी शनिबार गरेको आक्रमणको बदला लिने चेतावनी दिएका छन् ।



खमेनीले तेहरानमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै अमेरिका र जियोनिस्ट शासन दुवैले इरान, इरानी समर्थक विरुद्ध गरेका क्रियाकलापको जवाफी प्रतिक्रिया पाउने बताएका हुन् ।


तेहरान समर्थित सशस्त्र समूहमा यमनको हुथी विद्रोही, लेबनानको हेजबुल्लाह आन्दोलन र प्यालेस्टिनी इस्लामवादी समूह हमासलगायत समावेश छन् ।

गत सेप्टेम्बर–२३ मा इजरायलले द्वन्द्व बढाउनु अघि सन् २०२३ अक्टोबर –७ मा हमासले इजरायलमा आक्रमण गरेपछि हेजबुल्लाह र इजरायलले लगभग एक वर्षसम्म सीमापार हमला गरे ।

खमेनीले आफ्नो भाषणमा लडाँइमा मारिएका सैनिकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै इजरायलको सामना गर्ने उनीहरूको प्रयास नबिर्सिने बताए ।

अमेरिकाले शुक्रबार मध्य पूर्वमा अतिरिक्त सैन्य सम्पत्तिहरू तैनाथ गर्ने घोषणा गरेको छ । जसमा ब्यालिस्टिक मिसाइल रक्षा र लामो दूरीको बी– ५२ लडाकु विमानहरू समावेश छन् ।

खमेनीले इरानले “सैन्य, हतियार वा राजनीतिक कार्यको सन्दर्भमा इरानी राष्ट्रलाई तयार पार्न गर्नुपर्ने सबै क्रियाकलाप गरिरहेको बताए ।

यसै गरी रिभोलुसनरी गार्डका प्रवक्ता अली मोहम्मद नैनीले पनि इरानले इजरायललाई 'निर्णायक' जवाफ दिने बताएको फार्स समाचार एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम