मुख्य समाचार
लिग टु क्रिकेट : चोटका कारण करण र भीम ‘आउट’, देव र सागर ‘इन’
लिग टु क्रिकेट : चोटका कारण करण र भीम ‘आउट’, देव र सागर ‘इन’

: अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले आज स्कटल्यान्डसँग अन्तिम प्रतिस्पर्धा गर्दैछ। आइसीसी लिग २ अन्तर्गत नेपालले अमेरिका भ्रमणको अन्तिम खेल खेल्न लागेको हो।



नेपाली टोलीमा दुई परिवर्तन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। चोटका कारण करण केसी र भीम सार्की मैदान बाहिर रहनेछन् भने उनीहरूको ठाउँमा देव खनाल र सागर ढकालले खेल्नेछन्। अमेरिकाविरुद्धको खेलमा करण घाइते बनेका थिए। नेपाली टोली अमेरिकासँगको दुई खेलमा पराजित भएको थियो भने स्कटल्यान्डविरुद्ध भने विजयी भएको थियो।

लिग २ को ११औं मध्ये नेपाल ८ खेलमा पराजित भएको छ। दुई खेलमा विजयी हुँदा एक खेल वर्षाका कारण स्थगित भएको थियो। लगातार पराजय व्यहोरिरहेको नेपाली टोलीका लागि एक दिवसीय मान्यता जोगाउन पनि चुनौती बनेको छ। नेपाल ५ अंकका साथ पुछारबाट दोस्रो नम्बरमा रहेको छ। नेपालपछि युएई रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...