मुख्य समाचार
बार्सिलोनाले स्पानिस ला लिगा अन्तर्गत क्याटलान डर्बीमा स्पानयोललाई ३-१ ले पराजित
बार्सिलोनाले स्पानिस ला लिगा अन्तर्गत क्याटलान डर्बीमा स्पानयोललाई ३-१ ले पराजित

। डानी ओल्मोको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगा अन्तर्गत क्याटलान डर्बीमा स्पानयोललाई ३-१ ले पराजित गरेको छ ।

हान्सी फ्लिकको बार्सिलोनाले यस सिजन गज्जबको प्रदर्शनलाई कायम राख्दै दोस्रो स्थानको रियल मड्रिडमाथि ९ अंकको अग्रतासमेत बनाएको छ ।


घरेलु मैदानमा भएको खेलमा ओल्मोले १२औं मिनेटमा लामिन यामलको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रत दिलाएका थिए । २३ मिनेटमा कप्तान राफिन्हाले कासाडोको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ३१औं मिनेटमा ओल्मोले बाल्डेको पासमा व्यक्तिगत दोस्रो गोल गरे ।

स्पानयोलको दुई गोल भिएआरले मान्यता दिएन । २७औं मिनेटमा जोफ्रे कारेरास र ५८औं मिनेटमा अल्भारो टेरेजोको गोल भिएआरले मान्यता दिएन ।


६३औं मिनेटमा जाभी पाउडोले स्पानयोलका लागि एक गोल फर्काएका थिए ।

जितपछि बार्सिलोनाले १२ खेलबाट ३३ अंक जोडेर शीर्ष स्थानमा आसिन छ । एक खेल कम खेलेको रियलको २४ अंक छ ।

लस पलमसलाई २-० ले हराएको एट्लेटिको मड्रिड १२ खेलबाट २३ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...