मुख्य समाचार
म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडे
म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडे

। म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगमा एक/एक को बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा युनाइटेडले पहिले अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

खेलको ७०औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । त्यसको चार मिनेटपछि नै मोइसेस काइसेडोले चेल्सीका लागि बराबरी गोल फर्काए ।


बराबरीपछि चेल्सी १० खेलबाट १८ अंक जोडेर चौथो स्थानमा उक्लेका छन् । आर्सन र एस्टन भिल्ला समान अंक भएपछि चेल्सी गोल अन्तरमा अघि छन् ।

युनाइटेड भने १० खेलबाट १२ अंकसहित १३औं स्थानमा छ ।


यस्तै अर्को खेलमा डोमिनिक सोलान्कको दुई गोल मद्दतमा टोटनहमले एस्टन भिल्लामाथि ४-१ को जित निकालेको छ । ब्रेनान जोनसन र जेम्स म्याडिसनले एक/एक गोल गरे ।

एस्टन भिल्लाका लागि मवर्गन रोजर्सले पहिले गोल गरेपनि अग्रता कायम रख्न सकेन । जितपछि १० खेलबाट १६ अंक जोडेर टोटनहम सातौं स्थानम उक्लेको छ । १८ अंकसहित भिल्ला छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...