मुख्य समाचार
गुगल मेसेजका लागि निकै महत्वपूर्ण पाँचवटा फिचर्स थप गरिंदै
गुगल मेसेजका लागि निकै महत्वपूर्ण पाँचवटा फिचर्स थप गरिंदै

प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतालाई ध्यानमा राख्दै विभिन्न नयाँ फिचर्सको घोषण गरेको छ । गुगल मेसेजका लागि निकै महत्वपूर्ण पाँचवटा फिचर्स थप गरिंदैछ । ती फिचर्सले प्रयोगकर्तालाई केवल साइबर ह्याकर तथा साइबर ठगहरुबाट मात्रै बचाउने छैनन् निर्वस्त्र तस्वीर आउँदा त्यसलाई धमिलो अर्थात् ब्लर गरिदिनेछ ।

गुगलले आफ्नो ब्लग पोस्टमा बताए अनुसार उसले अब प्रयोगकर्तालाई स्पाम टेक्स्ट तथा जोखिमयुक्त लिंकका विषयमा सावधान गराउनेछ । उक्त नयाँ फिचर एआईयुक्त रहेको र ती फिचरले प्रयोगकर्ताको डिभाइसको सुरक्षा र गोपनीयतालाई बलियो बनाउने गुगलले जनाएको छ ।

यी हुन् गुगल मेसेजमा थपिएका ५ फिचर


लुकाइदिने छ नग्न तस्वीर : गुगलको उक्त पछिल्लो अपडेट पश्चात् यदि कोही व्यक्तिलाई निर्वस्त्र तस्वीरयुक्त मेसेज प्राप्त भएमा गुगलले एउटा स्पीड बम्प दिनेछ, जसले सो तस्वीरलाई ब्लर गरिदिनेछ । त्यहाँ प्रयोगकर्तालाई सो तस्वीर हेर्न पाउने अप्सन पनि हुनेछ, जुन ऐच्छिक हुनेछ र त्यसलाई म्यानुअल्ली अन गर्नुपर्नेछ । संवेदनशील सामग्री चेतावनीको उक्त नयाँ फिचर अन्तरगत गुगल मेसेजमा कसैलाई यस्ता सामाग्री पठाउने पनि गुगलले प्रेषकलाई त्यसको संवेदनशीलता र जोखिमका विषयमा चेतावनीको सन्देश दिनेछ ।
स्पाम मेसेजबाट सुरक्षा : हाल गुगल मेसेजका बिटा युजर्सका लागि उपलब्ध यो फिचरले कुनै सामानको डेलिभरी तथा जागिरको जानकारी जस्ता फर्जी मेसेजहरुलाई पहिचान गरी त्यसको बारेमा प्रयोगकर्तालाई जानकारी दिनुका साथै ती मेसेजलाई सिधै स्पाम फोल्डरमा सारिदिन्छ । यसमा अन डिभाइस मेसिन लर्निंगको प्रयोग गरी स्पाम मेसेजहरु पत्ता लगाउने काम हुन्छ ।
खतरनाक लिंकको चेतावनी : गुगलले हाल कुनै अज्ञात प्रेषकबाट प्राप्त हुन आएका सम्भाव्य खतरनाक लिंकहरुका बारेमा चेतावनी दिएर त्यसलाई ब्लक गरिदिने फिचरलाई विभिन्न देशमा परीक्षणका रुपमा सुरु गरिसकेको छ र त्यसलाई अब यो वर्षको अन्त्यसम्ममा विश्वभरकै प्रयोगकर्तालाई उपलब्ध गराउनेछ ।
अन्तर्राष्ट्रिय ठगबाट बचावट : गुगलले अब विदेशबाट कुनै अपरिचित प्रेषकले पठाएका मेसेजहरुलाई स्वचालित रुपमा लुकाइदिनेछ । त्यस्ता मेसेजहरु Spam and Blocked फोल्डरमा जानेछन् । यो फिचर पाइलट प्रोजेक्टको रुपमा सुरुमा सिंगापुरमा र त्यसपछि क्रमशः विश्वभर नै लागु गरिने गुगलले जनाएको छ ।
सम्पर्क प्रमाणीकरण : गुगल मेसेज प्लाटफर्ममा घोषणा गरिएको अर्को फिचर चाहिं contact verification हो । यसमा प्रयोगकर्तालाई मेसेज गर्नुअघि आफ्नो पहिचान प्रमाणीकरण गर्नुपर्नेछ । यसका लागि गुगलले public key verification system को एकीकृत प्रणाली विकास गरिरहेको छ । यसलाई क्युआर कोड स्क्यान तथा नम्बरको तुलनाबाट पनि प्रमाणीकरण गर्न सकिेनछ यो फिचर एन्ड्रोइड ९ तथा त्यसपछिका संस्करणका डिभाइसमा मात्रै चल्नेछ । यो फिचर आगामी वर्षबाट सुरु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। समाजिक सञ्जाल ह्वाट्स एप र भाइबर ह्याक गरेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भइ काठमाडौं २१ वर्षीय अभिषेक जैसवाल छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । उनले विभिन्न कम्पनीका मालिकहरुको ह्वाट्स एप, भाइबर ह्याक गरी मालिक बोलेको भन्दै क्यास काउन्टरमा सम्पर्क गर्दै रकम पठाउन ...
। अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप र वेबसाइट बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन ...
। सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने गरी गरेको पछिल्लो परिपत्रप्रति विज्ञापन एजेन्सी र निजी सञ्चार क्षेत्रले गम्भीर चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयको यो निर्णयले विगतका सरकारहरूले अघि सारेको निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने अवधारणाको बर्खिलाप गरेको र यसले विज्ञापन उद्योगलाई नै धराशायी बनाउने संकेत देखिएको छ। यसै सन्दर्भमा नेपाल विज्ञापन संघका अध्यक्ष ...
: सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यममा नदिने निर्णय गरेपछि विभिन्न सरोकारवाला संस्थाहरूले आपत्ति जनाएका छन्। नेपाल विज्ञापन संघ, इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) र नेपाल प्रेस युनियनलगायत संस्थाहरूले उक्त निर्णयको विरोध गर्दै तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको परिपत्रमार्फत सबै सरकारी निकाय, आयोग, सचिवालय तथा ...
। एप्पलले आफ्ना नयाँ मोडेलका आइफोन प्रयोगकर्ताहरूका लागि एउटा अत्यन्तै दुर्लभ सुरक्षा अपडेट ‘iOS 18.7.7’ सार्वजनिक गरेको छ। सामान्यतया नयाँ मोडेलका लागि नयाँ अपरेटिङ सिस्टम (iOS 26) मात्र जारी गर्ने एप्पलको नीति भए तापनि डार्कस्वोर्ड (DarkSword) नामक मालवेयरको बढ्दो जोखिमका कारण कम्पनीले पुराना प्रयोगकर्ताका लागि यो ‘ब्याकपोर्ट’ अपडेट ल्याएको हो। यो सुरक्षा प्याच विशेष गरी आइफोन ...