मुख्य समाचार
गाजाको विनाशकारी अवस्थाबारे राष्ट्रसंघको चेतावनी
गाजाको विनाशकारी अवस्थाबारे राष्ट्रसंघको चेतावनी

: उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारीहरूले 'विनाशकारी' अवस्थाको बारेमा कडा चेतावनी जारी गरेका छन्।



मानवीय मामिलाका लागि कार्यवाहक उप-महासचिव र आपत्कालीन राहत संयोजक जोयस सुया, युनिसेफ, विश्व खाद्य कार्यक्रम र अन्य सहायता संस्थाहरू लगायत संयुक्त राष्ट्रका शीर्ष अधिकारीहरूले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उनीहरूले उत्तरी गाजामा प्यालेस्टिनीहरुले रोग, भोकमरी र हिंसाका कारण 'मृत्युको जोखिम' सामना गरिरहेको बताएका छन्।

अधिकारीहरूले पहुँचमा प्रतिबन्धका कारण आधारभूत आवश्यकताहरूसमेत पूरा गर्न मानवीय सहायता अपर्याप्त रहेको कुरामा जोड दिएका छन्। उनीहरूले मानवीय जीवन रक्षाका लागि अत्यावश्यक आपूर्तिको अभाव रहेको जनाउँदै व्याप्त असुरक्षाका कारण प्रभावितहरू सम्म सहयता पुग्न नसकेको बताएका छन्। उनीहरूले सम्बन्धित पक्षलाई गाजामा आक्रमण रोकी महत्त्वपूर्ण सहायता पुर्‍याउने सहायता कामदारहरूलाई सुरक्षित पहुँचको अनुमति दिन आह्वान गरेका छन्।



यस हप्ताको सुरुमा, प्यालेस्टिनी नागरिक सुरक्षाले उत्तरी गाजाको जबालिया, बेत लाहिया र बेत हानुनमा करिब एक लाख मानिसहरू खाना तथा चिकित्सा आपूर्तिको अभावमा रहेको रिपोर्ट गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम