मुख्य समाचार
ताजिकिस्तान र अफगानिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलमा लागि नेपाली पुरुष राष्ट्रिय फुटबल टोली घोषणा
ताजिकिस्तान र अफगानिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलमा लागि नेपाली पुरुष राष्ट्रिय फुटबल टोली घोषणा

। ताजिकिस्तान र अफगानिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलमा लागि नेपाली पुरुष राष्ट्रिय फुटबल टोली घोषणा भएको छ ।

अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार घोषणा गरेको टोलीमा चार नयाँ खेलाडी समावेश भएका छन् । नेपालले यही नोभेम्र १३ देखि १९ को फिफा विन्डोमा ताजिकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल यू-२० राष्ट्रिय टिमका फरवार्ड निराजन धामीसहित डिफेण्डरहरु अभिषेक वाइवा, रणदिन पौडेल र अन्जन महर्जनले पहिलो पटक सिनियर टिममा स्थान बनाएका हुन् ।

निराजनले केही समयअघि घरेलु मैदानमा भएको साफ यू-२० च्याम्पियनसिपमा फाइनलसम्म पुर्‍याउन ३ गोल गरेका थिए । अभिषेकले पनि दुई वर्षअघि घरेलु मैदानमा भएको साफ यू-२० च्याम्पियनसिप खेलेका थिए । यस्तै रणदिपले पनि नेपालको उमेर समूहबाट खेलिसकेका छन् ।




यस्तै नेपालका लागि संयुक्त रुपमा कीर्तिमानी १३ गोल गरेका अन्जन विष्टले पनि टिममा पुनरागमन गरेका छन् । चोटका कारण अन्जनले जेठमा भएको फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०१७ को संयुक्त छनोट अन्तर्गत यूएई र यमनविरुद्धको खेल गुमाएका थिए । यस्तै गोलकिपर दिप कार्की, मिडफिल्डर एरिक विष्ट, रोहन कार्की, उत्सव राई र सुमित श्रेष्ठ पनि टिममा फर्किएका छन् ।

अनुभवी डिफेण्डर अनन्त तामाङसहित मिडफिल्ड लकेन लिम्बु भने चोटका कारण टिममा नरहेको प्रशिक्षक नविन न्यौपानेले जानकारी दिए ।

पछिल्लो पटक विश्वकप छनोट खेल्ने टिममा रहेका फरवार्डद्वय सन्जिव विष्ट र हिसुब थपलिया विदेश लागेका छन् । यस्तै विश्वकप छनोटमा पहिलो पटक राष्ट्रिय टिममा परेका आशिक बुब चौधरी र बसन्त जिम्बा यसपटक टिममा पर्न सकेनन् ।

गोलकिपर अभिषेक बराल, डिफेण्डर विशाल बस्नेत पनि टिममा अटाएनन् ।

पछिल्लोपटक विश्वकप छनोट खेलेका र अब हुने मैत्रीपूर्ण खेलका लाषि घोषित टिममा १० खेलाडी परिवर्तन भएका छन् ।

पछिल्लो समय नेपालमा लिग नहुँदा र खेलाडीहरु विदेश पलायन भइरहँदा राष्ट्रिय टिममा पनि कन्सिस्टेन्सी हुन सकेको छैन ।

प्रशिक्षक न्यौपानेले अहिलेको टिम युवा र अनुभवी खेलाडीको समिश्रण रहेको बताए । ‘सबैलाई थाहै छ । नेपालमा नियमित लिग नहुँदा धेरै खेलाडीहरु बाहिर गएका छन्,’ प्रशिक्षकक न्यौपानेले भने, ‘राष्ट्रिय टिमका पहिलाका खेलाडीहरु यू-२० टिम अनी बी र सी डिभिजन खेलेका नयाँ खेलाडीहरु बोलाएर एक हप्ताको प्रशिक्षण गरेपछि टिम घोषणा गरेको हो । मिश्रित टिम बनेको छ । युवा जोश छ ।’

पहिलोपटक नेपालको सिनियर टोलीको प्रशिक्षक सम्हालिरहेका न्यौपानेले दुई टिमसँगको मैत्रीपूर्ण खेल चुनौतीको रुपमा रहेको बताए । ‘मेरो लागि यो पहिलो पटक हो । ययसलाई मैले चुनौतीको रुपमा लिएको छु,’ उनले भने, ‘छोटो समयको तयारी छ । हामी भन्दा राम्रो टिमहरु छन् । सबैले मिहिनेत गरेर राम्रो खेल्ने लक्ष्य छ । राम्रो कम्बिनेसन बनाएर काउन्टर अट्याकमा केन्द्रित हुनेछौं ।’

नेपालको नोभेम्बरको फिफा विन्डोमा दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा विन्डो नोभेम्बर १३ देखि १९ सम्म (कात्तिक २८-मंसिर ४ गते) रहेको छ । यही विन्डोमा नेपालले ताजिकिस्तान र अफगानिस्तान विरुद्ध खेल्न लागेको हो ।

नेपालले करिब पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । पछिल्लोपटक विश्वकप छनोटअन्तर्गत नेपालले जेठमा यूएई र यमनसँग खेलेको थियो । यसअघि सेप्टेम्बर विन्डोमा नेपालले कुनै पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेन ।

२३ सदस्यीय नेपाली फुटबल टोली

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार,

डिफेण्डर : अभिषेक लिम्बु, विमल पाण्डे, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, अभिषेक वाइवा, रणदिप पौडेल, अन्जन महर्जन

मिडफिल्डर : रोहन कार्की, मणिकुमार लामा, एरिक विष्ट, अरविन्द राई (आशिष),भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुश घलान, सुमित श्रेष्ठ

फरवार्ड : जिलेस्पेजंग कार्की, अन्जन विष्ट, निराजन धामी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...