मुख्य समाचार
बिल नतिरेपछि अडानी समूहले गर्‍यो बंगलादेशमा विद्युत कटौती
बिल नतिरेपछि अडानी समूहले गर्‍यो बंगलादेशमा विद्युत कटौती

। भारतको अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलरको बक्यौता बिल तिर्न बाँकी रहेको भन्दै सीमापार विद्युत आपूर्तिलाई आधा घटाएको विद्युत अधिकारीहरूले आइतबार बताएका छन् ।
बङ्गलादेश विद्युत् विकास बोर्ड (बीपीडीबी) का अध्यक्ष रेजाउल करिमले आइतबार एएफपीसँग भने, ‘हामी अन्य प्लान्टहरू चलाएर यो अभाव पूर्ति गर्ने प्रयास गरिरहेका छौं।’

भारतको झारखण्ड राज्यमा रहेको अडानीको कोइलाबाट चल्ने गोड्डा प्लान्टले बङ्गलादेशको १३ गिगावाटको बेसलोड बिजुली मागको सातदेखि १० प्रतिशतसम्म आपूर्ति गर्छ । तर, अडानीले सेप्टेम्बरमा ढाकालाई लगभग ८५० मिलियन डलर बराबरको यसको बिलहरू तिर्न सूचना जारी गरेको थियो ।




त्यतिबेला अडानी समूहले यसलाई ‘अस्थिर अवस्था’ भनेको थियो । समूहले भनेको थियो, ‘हाम्रो आपूर्ति प्रतिबद्धता मात्र होइन, हाम्रा ऋणदाता र आपूर्तिकर्ताहरूसँगको प्रतिबद्धता पनि पूरा गरिरहेका छौँ।’
अडानीले आइतबार तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।

करिब १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशले भुक्तानीका लागि डलर जुटाउन सङ्घर्ष गरिरहेको छ । करिमले भने, ‘एक महिनामा कुल भुक्तानी गर्न सम्भव छैन। तर हामी क्रमशः भुक्तानीको आकार बढाउने प्रयास गरिरहेका छौँ। हामी अडानी समूहसँग यस विषयमा छलफल गरिरहेका छौं र उनीहरूलाई सूचित गरेका छौँ।’



करिमका अनुसार बङ्गलादेशले अक्टोबरमा अडानी समूहलाई नौ करोड ७० लाख अमेरिकी डलर तिरेको थियो, जुन अघिल्लो तीन महिनाको भुक्तानीभन्दा बढी हो ।

सामान्यतया नोभेम्बरमा माग कम हुन्छ । बङ्गलादेशीहरू चिसोका लागि ऊर्जाशक्तिबाट चल्ने एयर कन्डिसनरमा निर्भर हुन्छन् । यहाँ महिनौंको चर्को गर्मीपछि नोभेम्बरमा अपेक्षाकृत चिसो मौसम सुरू हुन्छ ।

शुक्रबार अडानीको गोड्डा प्लान्टले एक हजार ४९६ मेगावाटको स्थापित क्षमताको तुलनामा ७२४ मेगावाट आपूर्ति गरेको थियो भने बङ्गलादेशले करिब एक हजार ६८० मेगावाट लोडसेडिङको सामना गर्नुपरेको थियो।

बङ्गलादेशले भारतको पश्चिम बङ्गाल र त्रिपुराराज्यबाट एक हजार १६० मेगावाट विद्युत् आयात गर्दै आएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम