मुख्य समाचार
दिल्लीमा दीपावलीका अवसरमा आतिशबाजीमा लगाइएको प्रतिबन्धको बाबजुद प्रदूषण नियन्त्रणभन्दा बाहिर
दिल्लीमा दीपावलीका अवसरमा आतिशबाजीमा लगाइएको प्रतिबन्धको बाबजुद प्रदूषण नियन्त्रणभन्दा बाहिर

— भारतको राजधानी नयाँ दिल्लीमा दीपावलीका अवसरमा आतिशबाजीमा लगाइएको प्रतिबन्धको बाबजुद प्रदूषण नियन्त्रणभन्दा बाहिर रहेको अधिकारीहरूले बताएका छन् ।


भारतको सर्वोच्च अदालतले गत महिना स्वच्छ हावा एक मौलिक मानव अधिकार भएको फैसला गर्दै केन्द्र सरकार र राज्य स्तरका अधिकारीहरूलाई पटाका बनाउने र किनबेच गर्ने जोकोहीलाई कारबाही गर्न आदेश दिएको थियो।

तर भारतीय राजधानी नयाँ दिल्लीका बासिन्दाले आफ्नो पर्वलाई मनाउने क्रममा अदालतद्वारा जारी उक्त आदेशलाई व्यापक उल्लङ्घन गरिएपछि वायु प्रदूषण नियन्त्रणका लागि भनी लिइएको उक्त कदम प्रभावहीन बनेको हो । पटाकाबाहेक दिल्ली वरपरका खेतबारीमा हिउँदे खेती लगाउनुअघि सफा गर्न पराली जलाउनु, छापो पोल्नु र जाडोमा बिहान बेलुका बालिने आगोबाट निस्किने धुवाँका कारण पनि दिल्लीको वायु प्रदूषण बढ्ने गरेको छ ।

तीन करोडभन्दा बढी मानिसको बसोबास रहेको दिल्लीमा मानवीय गतिविधि र नयाँ दिल्लीको सडकहरूमा अत्यधिक ट्राफिकको समस्या पनि दिल्लीको प्रदूषणका लागि जिम्मेवार मानिन्छ ।

तर गत महिना सहरका अधिकारीहरूले पटाकाको बिक्री र प्रयोगमा प्रतिबन्ध लगाए पनि दिपावली उत्सवको एक भागको रूपमा पटाकाको गडगडाहटपछि शुक्रबार वायु प्रदूषणको अवस्था थप बढेको थियो।

दिल्लीको नगर प्रहरीले दीपावलीअघि करिब दुई टन पटाका जफत गरेको थियो, तर छिमेकी राज्यहरूमा पटाका बिक्रीका लागि सहजै उपलब्ध थिए।

हिन्दू देवी लक्ष्मीको स्तुतिमा र अन्धकारमाथि प्रकाशको विजयको प्रतीकको रूपमा धेरै बासिन्दाहरूले घरमा पारिवारिक भोजन र सानो मैनबत्ती बालेर पनि उत्सव मनाउने गर्छन्।

शुक्रबार देखि नै दिल्लीबासीले आतिशबाजीको रकेट र पटाका पड्काएपछि दिल्लीको वातावरण उत्सवमय बनेको थियो तर यसबाट निस्केको धुवाँ र आवाजको प्रदूषणले प्रत्यक्ष वाम परोक्षरूपमा दिल्लीको वातावरण प्रदुषित बनेको थियो ।

हिन्दू धर्मावलम्बीको पटाकासँग जोडिएको धार्मिक भावनालाई ध्यानमा राख्दै प्रहरीले नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न आनाकानी गर्ने गरेको छ ।

आलोचकहरूले छिमेकी राज्यहरूको नेतृत्व गरिरहेका प्रतिद्वन्द्वी राजनीतिज्ञहरूका साथै केन्द्र र राज्यस्तरका अधिकारीहरूबीचको विवादले समस्यालाई जटिल बनाएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम