मुख्य समाचार
न्युजिल्याण्डका भेट्रान ब्याटर मार्टिन गप्टिलले विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने
न्युजिल्याण्डका भेट्रान ब्याटर मार्टिन गप्टिलले विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने

। न्युजिल्याण्डका भेट्रान ब्याटर मार्टिन गप्टिलले विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलका लागि विराटनगरले ३८ वर्षीय गप्टिललाई अनुबन्ध गरेको मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।




गप्टिल ओडीआई विश्वकपमा दोहोरो शतक प्रहार गर्ने खेलाडीसमेत हुन् ।

३८ वर्षीय गप्टिलसँग अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेट खेलेको धेरै अनुभव छ । उनी एनपीएलका लागि अनुबन्ध हुने अहिलेसम्मकै ठूलो नाम र स्टार खेलाडी हुन् ।




गप्टिलले किवी टोलीका लागि ४७ टेष्ट, १९८ ओडीआई र १२२ टी-२०आई खेल खेलेका छन् । उनले ३४७ टी-२० खेल खेलेका छन् ।

ओडीआईमा एकै खेलमा अविजित २३७ रन बनाएका गप्टिलले टी-२० आईमा २ शतक प्रहार गरेका छन् । टी-२० आईमा उनको उच्च स्कोर १०५ रन हो ।

उनले टेष्टमा २ हजार ५८६ रन बनाएका छन् भने ओडीआईमा ७ हजार ३४६ रन बनाएका छन् । यस्तै टी-२० आईमा ३ हजार ५३१ रन बनाएका छन् ।

विश्वभर सबैखाले टी-२० खेलमा गरेर गप्टिलले ९ हजार भन्दा बढी रन बनाएका छन् ।

उनले मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबाट इन्डियन प्रिमिय रलिग आईपीएल खेलिसकेका छन् । यस्तै बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायत अन्य फ्रेन्चाइज लिगसमेत खेलिसकेका छन् ।

गप्टिल विराटनगरले अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि विराटनगरले ओमानका कप्तान तथा अलराउण्डर अकिब इल्यास र क्यानडाका कप्तान निकोलस किर्टोनलाई अनुबन्ध गरिसकेको छ ।

सन्दीप लामिछाने मार्की प्लेअर रहेको विराटनगरले मुख्य प्रशिक्षकमा आयरल्याण्डका केभिन ओ’ब्रायनलाई अनुबन्ध गरेको छ । मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...