मुख्य समाचार
तीन अन्तरिक्ष यात्री बोकेको चीनको अन्तरिक्ष यान ६ घण्टाको यात्रापछि तियाङगोङ अन्तरिक्ष स्टेशन पुगे
तीन अन्तरिक्ष यात्री बोकेको चीनको अन्तरिक्ष यान ६ घण्टाको यात्रापछि तियाङगोङ अन्तरिक्ष स्टेशन पुगे

: तीन अन्तरिक्ष यात्री बोकेको चीनको अन्तरिक्ष यान ६ घण्टाको यात्रापछि तियाङगोङ अन्तरिक्ष स्टेशन पुगेको छ ।


यी युवा अन्तरिक्ष यात्रीहरूमा देशकै पहिलो महिला अन्तरिक्ष इन्जिनियर पनि रहेकी छन्। यो चीनको आफ्नै स्पेस स्टेशन हो।

यहाँ अन्तरिक्ष यात्रीहरूले आगामी छ महिनासम्म प्रयोग र अन्तरिक्ष पदयात्रा गर्नेछन्।


यी अनुभव र यसबाट प्राप्त जानकारी सङ्कलन गरी सन् २०३० सम्ममा चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य रहेको छ ।

चीनले शेन्झाउ–१९ अन्तरिक्ष यानको प्रक्षेपण सफल भएको घोषणा गरेको छ। चीनको यी प्रयासलाई हेर्दा अन्तरिक्ष दौडमा आफ्नो प्रतिद्वन्द्वी अमेरिकालाई उछिन्न चाहेको देखिन्छ।

करिब दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तरिक्ष उद्योगको विकास गरी चीनलाई अन्तरिक्ष शक्ति बनाउने सपना रहेको बताएका थिए ।

यस मिसनको पाइलट काई शुजे हुन्। उनी अनुभवी छन् तर अन्य सन् १९९० को दशकमा जन्मिएका अन्तरिक्ष यात्रीहरूको नयाँ पुस्तासँग यात्रा गर्दै छन्।

'उनीहरूको युवा शक्तिले मलाई जवान र अधिक आत्मविश्वास महसुस गराउँछ,' शुजे भन्छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम