मुख्य समाचार
रसुवागढी नाका करिब एक महिनापछि सञ्चालनमा
रसुवागढी नाका करिब एक महिनापछि सञ्चालनमा

: रसुवागढी नाका करिब एक महिनापछि सञ्चालनमा आएको छ। गत असोज १२ गते रसुवागढी–केरुङ खण्डअन्तर्गत ठोङ्सा नजिकपहिरो जाँदा सडक भएको थियो। पहिरोले सडक क्षति भएपछि सवारी साधनको आवतजावत बन्द भएको थियो।



पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार सानो तथा ठूला गाडीहरू आवतजावत गर्न मिल्ने गरी सुचारु भएको छ।

यसैगरी अविरल वर्षाको कारण पहिरोले अवरुद्ध भएकोमा पहिरो हटाई स्याफ्रुवेशी-टिमुरे सडकखण्ड अन्तर्गत विभिन्न स्थानहरूमा एकतर्फी रूपमा सवारी सुचारु रहेको कार्यालयले जनाएको छ।


चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ।

यस नाकाबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचोलगायत सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। २०७१ देखि औपचारिक रूपमा सञ्चालनमा आएको नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका थिए।

चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व अन्तर्गत बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइएको हो। null छठ पर्वका अवसरमा काठमाडौंको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत बागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारबाट भक्तजनले अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य ...
— पश्चिम नवलपरासीको सुनवलमा देउसी-भैलो खेल्नेक्रममा विवाद हुँदा खुकुरी प्रहार गर्ने तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल-३ किर्तिपुर बस्ने २३ वर्षीय अभिषेक गुरुङ, २६ वर्षीय बिसन गुरुङ र २८ वर्षीय अमित गुरुङ रहेका छ्न् । सुनवल नगरपालिका-१२ भुमहीमा देउसी-भैलो खेलिरहेको स्थानमा विवाद हुँदा खुकुरी प्रहार गरी केही व्यक्ति ...
— भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे चोकमा बुधबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । साँझ सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको वाग्मती प्र ०२–०२१प. ८१२७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–६ भोलाछें घर भई हाल भक्तपुर कटुञ्जे बस्ने ६९ वर्षीया विमला प्रधानांगको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ...
। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । आफ्नो जापान भ्रमण विवादमा परेपछि उनले बुधबार मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन् । ‘मेरो निजी जापान भ्रमणको विषयलाई लिएर केही टीकाटिप्पणी बाहिर आयो’, अहिले राजनीतिमा नैतिक खडेरी रहेको भन्दै अधिकारीले भने, ‘यस्ता टीकाटिप्पणी सुनिसकेपछि पदमा बसिरहन उचित लागेन ।’ एमालेबाट निर्वाचित अधिकारी ४ जेठ ...
— गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको बीपी राजमार्गको भौगर्भिक अध्ययन अघि बढाइएको छ । एक महिनाभित्र सक्ने गरी तिहारअघिबाट यसको अध्ययन भइरहेको हो । अध्ययनपछि लगानी सुनिश्चितता गरेर डिजाइनको काम अघि बढाइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । तिहारले गर्दा अध्ययनमा केही ढिलाइ भए पनि तोकिएकै समयभित्र ...