मुख्य समाचार
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त

। अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त गरेको छ ।

एएफसीले वार्षिक अवार्ड कार्यक्रममा मंगलबार एन्फालाई गोल्ड क्याटेगोरी अन्तर्गत मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त गरेको एन्फाले जनाएको छ ।


दक्षिण कोरियाको क्युङ हि युनिभर्सिटीको ग्राण्ड पिस प्यालेसमा भएको कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले उक्त अवार्ड ग्रहण गरे ।

एएफसी मेम्बर एसोसिएसन अफ दि इअर अन्तर्गत प्लाटिनम क्याटेगोरीको अवार्ड जापान फुटबल संघ र डायमण्ड क्याटेगोरीको अवार्ड थाइल्याण्ड फुटबल संघले प्राप्त गर्‍यो । यस्तै रुबी क्याटेगोरीको अवार्ड लाओस फुटबल संघले पायो ।




एएफसी रिजनल एसविएसन अफ दि इअरको अवार्ड सेन्ट्रल एसियन फुटबल एसोसिएसन (काफा)ले प्राप्त गर्‍यो ।

एन्फाले भने फिफा र एएफसीको सिद्धान्तहरू अनुरूप आफ्नो विधान र संहिता विकास गरी सुशासनको उच्चतम स्तर कायम गरेकाले अवार्ड प्राप्त गरेको जनाएको छ ।

एएफसीको वार्षिक अवार्ड कार्यक्रममा वर्षको उत्कृष्ट खेलाडी प्रशिक्षक लगायत विभिन्न अवार्ड वितरण गरिएको थियो ।

कतारका अक्रम अफिफले पुरुषतर्फ एएफसी प्लेअर अफ दि इअर अवार्ड पाए भने महिलातर्फ जापानकी किको सेइकेले अवार्ड प्राप्त गरिन् । यस्तै एएफसी कोच अफ दि इअर पुरुषतर्फ जापानका गो ओइवा तथा महिलातर्फ दक्षिण कोरियाका पार्क योङ जोउङले पाए ।

फिफा अध्यक्ष जियानी इन्फान्टिन्होलाई एएफसी डायमण्ड अफ एसिया सम्मान प्रदान गरियो । एएफसी एसियन कप होस्ट अप्रेसिएसन अवार्ड कतार फुटबल संघ र एएफसी प्रेसिडेन्ट रिकगनिसन अवार्ड फर आउटस्ट्यान्डिङ कन्ट्रिबुसन साउदी अरेबियन फुटबल महासंघलाई प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...