मुख्य समाचार
स्कटल्याण्डलाई पराजित गर्दै नेपाल पाँच विकेटले विजयी
स्कटल्याण्डलाई पराजित गर्दै नेपाल पाँच विकेटले विजयी

: नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ।अमेरिकाको डालसमा आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्डविरुद्ध नेपालले शानदार जित हासिल गरेको हो।


४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले ५ विकेट गुमाएर २९.५ ओभरमा पूरा गरेको हो। null

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट, करन केसी, सोमपाल कामी, गुल्सन झाले २/२ विकेट र आरिफ शेखले एक विकेट लिएका थिए। तीव्र गतिका बलर करणले पहिलो ओभरमै ओपनर चार्ली टिअरलाई बोल्ड आउट गरेका थिए। स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले २० रन पनि कटाउन सकेनन्।


जवाफि ब्याटिङमा उत्रिएको नेपालका लागि आरिफ शेखले सर्वाधिक ५१ रनको योगदान दिए। त्यसैगरी कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन, आसिफ शेखले २१ रन र अनिल शाहले १३ रन बनाए।null

स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट, ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले १/१ विकेट लिएका थिए।

पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो। लिग-२ मा नेपाल १० खेलमा २ मा जितसहित पाँच अंकका साथ सातौं स्थानमा छ। नेपालले आगामी शनिबार अमेरिका र सोमबार स्कटल्यान्डसँग खेल्ने क्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...