मुख्य समाचार
लुम्बिनी लायन्सले अष्ट्रेलियन अलराउण्ड बेन कटिङलाई नेपाल प्रिमियर लिगका लागि अनुबन्ध
लुम्बिनी लायन्सले अष्ट्रेलियन अलराउण्ड बेन कटिङलाई नेपाल प्रिमियर लिगका लागि अनुबन्ध

। लुम्बिनी लायन्सले अष्ट्रेलियन अलराउण्ड बेन कटिङलाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध गरेको छ ।

लुम्बिनी लायन्सले मंगलबार सामाजिक सञ्जालमार्फत कटिङलाई अनुबन्ध गरिएको जनाएको छ ।

३७ वर्षीय अलराउण्ड कटिङले विश्वका प्रमुख्य टी-२० फ्रेन्चाइज लिगहरु इन्डियन प्रिमियर लिग, बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग समेत खेलेको अनुभव छ ।

उनले अष्ट्रेलियाको राष्ट्रिय टोलीका लागि ४ ओडीआई र ७ टी-२० आई खेल खेलेका छन् । बेन कटिङ हार्ड हिटिङका लागि चिनिन्छन् । राष्ट्रिय टिममा धेरै खेल्न नपाए पनि फ्रेन्चाइज क्रिकेटमा भने बेन कटिङ परिचित नाम हो ।


सन् २०१८ मै श्रीलंकाविरुद्ध टी-२०आई मा डेब्यु गरेका कटिङले पछिल्लो पटक २०१७ मा टी-२० आई खेल खेलेका थिए ।

उनले बिग बास लिगमा ११७ खेल खेलेका छन् । यस्तै पाकिस्तानी लिगमा २७ र आईपीएलमा २१ खेल खेलेका छन् ।

कटिङको आगमनले एनपीएल र नेपाली क्रिकेटलाई अझ उचाइमा पुर्‍याउन मद्त गर्ने लुम्बिनी लायन्सको विश्वास छ ।

लुम्बिनीले यसअघि इंग्लिस विकेटकिपर टम मुर्सलाई अनुबन्ध गरिसकेको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल मार्की प्लेअर रहेको लुम्बिनीले मुख्य प्रशिक्षकमा भारतीय नन्दन फडनिसलाई अनुबन्ध गरेको छ । यस्तै नेपाली क्रिकेटका लेजेण्ड शक्ति गौचन लुम्बिनीको कन्सलट्यान्ट प्रशिक्षकमा छन् ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनमा मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने एनपीएलमा लुम्बिनीसहित ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...