मुख्य समाचार
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार राति ह्वाइट हाउसमा दीपावली मनाए
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार राति ह्वाइट हाउसमा दीपावली मनाए

: अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार राति ह्वाइट हाउसमा दीपावली मनाएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार उक्त कार्यक्रममा ६०० भन्दा बढी नेपाल भारत मूलका मानिसले भाग लिएका थिए।



भारतीय-अमेरिकी सांसदहरू, अधिकारीहरू र व्यवसायी नेताहरूलाई सम्बोधन गर्दै,बाइडेनले ह्वाइट हाउसमा अहिलेसम्मकै सबैभन्दा ठूलो दिवाली कार्यक्रम आयोजना गर्न पाउनु आफ्नो लागि सम्मानको कुरा भएको बताएका छन्।

बाइडेनले भने, 'राष्ट्रपति, उपराष्ट्रपति र सिनेटरको रूपमा आफ्नो कार्यकालमा मैले ठूलो संख्यामा भारतीय-अमेरिकीहरूसँग काम गरेको छु। दक्षिण एसियाली अमेरिकी समुदायले अमेरिकी जीवनको हरेक भागलाई समृद्ध बनाएको छ। यो संसारमा सबैभन्दा छिटो बढिरहेको समुदाय हो। अहिले ह्वाइट हाउसमा दीपावली गर्वका साथ मनाइन्छ।'

यस पटक उपराष्ट्रपति कमला ह्यारिस र प्रथम महिला जिल बाइडेन भने दीपावलीमा सहभागी भएका थिएनन्। जिल र कमला कार्यक्रममा आउन चाहेको तर प्रचारमा व्यस्त रहेको बाइडेनले बताए।

जर्ज बुसको पालामा ह्वाइट हाउसमा दीपावली सुरु

एएनआईका अनुसार दीपावली मनाउने परम्परा पहिलो पटक सन् २००३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसको कार्यकालमा ह्वाइट हाउसमा सुरु भएको थियो। तर उक्त कार्यक्रममा उनी व्यक्तिगत रूपमा कहिल्यै संलग्न भएनन्।

सन् २००९ मा बाराक ओबामा राष्ट्रपति बनेपछि ह्वाइट हाउसमा आफू सहभागी भएर दीपावली मनाएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...