मुख्य समाचार
लेबनानको पूर्वी बेका उपत्यकामा इजरायलले गरेको आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु
लेबनानको पूर्वी बेका उपत्यकामा इजरायलले गरेको आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु

— लेबनानको पूर्वी बेका उपत्यकामा इजरायलले गरेको आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा दुई बालबालिका छन् ।



हेजबुल्लाहको गढ रहेको बालबेक क्षेत्रका विभिन्न १६ स्थानमा इजरायली सुरक्षा बल (आईडीएफ) ले गरेको आक्रमणमा ५८ जना घाइते भएका छन् । घटनाबारे इजरायली सेनाले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन । इजरायलले विगत पाँच सातायता हेजबुल्लाहका सैन्य आधार तथा हातहतियारलाई लक्षित गर्दै लेबनानभर सयौं हवाई हमला आक्रमण गर्दै आएको छ ।


बालबेकका गभर्नर बाची खोडरका अनुसार आईडीएफले मंगलबार गरेको आक्रमणका एक महिना यताकै हिंसात्मक भएको बीबीसीले उल्लेख गरेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियामा आक्रमणलगत्तै भवन र जंगलमा आगलागी भएको देखिएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आईडीएफले सोमबार गरेको हवाई आक्रमणमा तटीय सहर टायरमा ७ जनाको ज्यान गएको थियो भने १७ जना घाइते भएका थिए । आइडीएफले सर्वसाधारणलाई टायर छाड्न छोड्न चेतावनी दिएको छ ।

हेजबुल्लाहले सोमबार लेबनानको दक्षिणी सीमामा इजरायली सेनासँग भिडन्त भएको र हाइफा नजिकै इजरायली क्षेत्रको नौसैनिक आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको थियो ।

प्यालेस्टिनी समूह हमासले दक्षिणी इजरायलमा सन् २०२३ को अक्टुबर ७ मा गरेको आक्रमणको भोलिपल्ट लेबनानी समूह हेजबुल्लाहले उत्तरी इजरायल र वरपरका क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेपछि आईडीएफ र हेजबुल्लाहबीच युद्ध सुरू भएको हो । तर पछिल्लो समय हेजबुल्लाहलाई आक्रमण गर्न लेबनान प्रवेश गरेसँगै दुई पक्षबीच युद्ध चर्केको हो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आईडीएफको आक्रमणमा लेबनानमा २ हजार ७ सय जनाको ज्यान गइसकेको छ । १२ हजार ४ सयभन्दा बढी घाइते भइसकेका छन् । द्वन्द्वका कारण १३ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका लेबनान सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम