मुख्य समाचार
लेबनानको पूर्वी बेका उपत्यकामा इजरायलले गरेको आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु
लेबनानको पूर्वी बेका उपत्यकामा इजरायलले गरेको आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु

— लेबनानको पूर्वी बेका उपत्यकामा इजरायलले गरेको आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा दुई बालबालिका छन् ।



हेजबुल्लाहको गढ रहेको बालबेक क्षेत्रका विभिन्न १६ स्थानमा इजरायली सुरक्षा बल (आईडीएफ) ले गरेको आक्रमणमा ५८ जना घाइते भएका छन् । घटनाबारे इजरायली सेनाले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन । इजरायलले विगत पाँच सातायता हेजबुल्लाहका सैन्य आधार तथा हातहतियारलाई लक्षित गर्दै लेबनानभर सयौं हवाई हमला आक्रमण गर्दै आएको छ ।


बालबेकका गभर्नर बाची खोडरका अनुसार आईडीएफले मंगलबार गरेको आक्रमणका एक महिना यताकै हिंसात्मक भएको बीबीसीले उल्लेख गरेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियामा आक्रमणलगत्तै भवन र जंगलमा आगलागी भएको देखिएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आईडीएफले सोमबार गरेको हवाई आक्रमणमा तटीय सहर टायरमा ७ जनाको ज्यान गएको थियो भने १७ जना घाइते भएका थिए । आइडीएफले सर्वसाधारणलाई टायर छाड्न छोड्न चेतावनी दिएको छ ।

हेजबुल्लाहले सोमबार लेबनानको दक्षिणी सीमामा इजरायली सेनासँग भिडन्त भएको र हाइफा नजिकै इजरायली क्षेत्रको नौसैनिक आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको थियो ।

प्यालेस्टिनी समूह हमासले दक्षिणी इजरायलमा सन् २०२३ को अक्टुबर ७ मा गरेको आक्रमणको भोलिपल्ट लेबनानी समूह हेजबुल्लाहले उत्तरी इजरायल र वरपरका क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेपछि आईडीएफ र हेजबुल्लाहबीच युद्ध सुरू भएको हो । तर पछिल्लो समय हेजबुल्लाहलाई आक्रमण गर्न लेबनान प्रवेश गरेसँगै दुई पक्षबीच युद्ध चर्केको हो ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आईडीएफको आक्रमणमा लेबनानमा २ हजार ७ सय जनाको ज्यान गइसकेको छ । १२ हजार ४ सयभन्दा बढी घाइते भइसकेका छन् । द्वन्द्वका कारण १३ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका लेबनान सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...