मुख्य समाचार
नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट एन्फाले बिक्री गर्ने
नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट एन्फाले बिक्री गर्ने

: नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले बिक्री गर्ने भएको छ।



साफ महिला च्याम्पियनसिपको बुधबार हुने फाइनलका लागि तीन स्थानमा काउन्टर राखेर टिकट बिक्री गर्ने भएको हो। एन्फाले आज पत्रकार सम्मेलन गरेर टिकट बुधबार बिहान ८ बजेबाट जावलाखेलको फुटबल मैदान, एन्फा कम्पुले र भद्रकाली आर्मी गेटबाट बिक्री हुने जनाएको हो। अधिकतम १० हजार टिकट बिक्री हुने गरिने छ। एक व्यक्तिले भिआइपी २ र साधारण ५ टिकट मात्र किन्न पाउने एन्फाले जनाएको छ।

नेपाल र भारतबीच आइतबार भएको सेमिफाइनल खेलमा करिब १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजार बढीलाई टिकट बिक्री भएको थियो। त्यसपछि फाइनलका लागि भइरहेको टिकट बिक्री रोकिएको थियो।


अनलाइन टिकट नबेच्ने र यसअघि अनलाइन खरिद गरेकाको पैसा फिर्ता हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा टिकेटिङ अधिकार लिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...