मुख्य समाचार
नेपालले स्कटल्याण्डको सामना गर्दै
नेपालले स्कटल्याण्डको सामना गर्दै

। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डविरुद्ध खेल्दैछ ।

खेल ढालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

नेपाल, स्कटल्याण्ड र अमेरिका सम्मिलित यस सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको थियो । स्कटल्याण्डले भने आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

स्कटिङ टोली लयमा छ भने नेपालले लिग टु मा पछिल्लो समय खराब प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा राम्रो ब्याटिङ गर्दै २८६ रन बनाए पनि नेपालले स्कोर डिफेन्ड गर्न सकेन ।

नेपाल लिग टु मा ७ खेल यता जितविहीन छ । २०२४ फेब्रुअरीमा घरेलु मैदानमा भएको लिग टु को पहिलो सिरिजमा नेपालले आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । त्यो नै नेपालको एक मात्र जित हो । त्यस सिरिजमा त्यसपछिका दुई खेल हारेको नेपाल गत महिना क्यानडामा भएको सिरिजमा जितविहीन बन्यो ।

अहिलेसम्म ९ खेलबाट जम्मा ३ अंक रहेको नेपाल ८ टोली सम्मिलित लिग टु को सातौं स्थानमा छ । नेपालले ९ मध्ये ७ खेल हारेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा नेपालले १ अंक पाएको थियो ।

हेड टु हेड

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ओडीआईमा ६ खेल भएका छन् । सबै खेल अघिल्लो लिग टु साइकलमा भएको थियो । जहाँ नेपाल र स्कटल्याण्डले दुवैले समान ३ खेल जितेका थिए ।

नेपालले स्कटल्याण्डलाई पछिल्लो दुई खेलमा कीर्तिपुरमा पराजित गरेको थियो ।

२०२२ जुलाईमा स्कटल्याण्डमै भएको पहिलो खेलमा नेपालले घरेलु टोलीलाई ५ विकेटले हराएको थियो । त्यसपछि अर्को खेलमा नेपाल ८ विकेटले पराजित भयो ।

लिग टु अन्तर्गत नै २०२२ डिसेम्बरमा नामिबियामा भएको खेलमा नेपाल ३ विकेट र ८ विकेटले पारजित भएको थियो ।

२०२३ फेब्रुअरीमा नेपालमै भएको लिग टु मा भने नेपालले सानदार प्रदर्शनै गर्दै स्कटल्याण्डलाई दुवै खेलमा हराएको थियो । नेपालले स्कटल्याण्डलाई पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ३ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...