मुख्य समाचार
मतदातालाई दिने १० लाख डलर उपहार रोक्न अदालतमा मुद्दा
मतदातालाई दिने १० लाख डलर उपहार रोक्न अदालतमा मुद्दा

। फिलाडेल्फियाका मुख्य अभियोजकले अर्बपति इलोन मस्कले मतदातालाई दिने भनेको १० लाख डलरको उपहार रोक्न सोमबार मस्क र उनको ट्रम्प समर्थक राजनीतिक कार्य समितिविरुद्ध मुद्दा दायर गरेका छन् ।

स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी मस्कको अमेरिका पिएसीविरुद्ध डेमोक्रेट जिल्ला अटर्नी ल्यारी क्रासनरले पेन्सिलभेनिया राज्य अदालतमा मुद्दा दायर गरेका हुन् ।




‘फिलाडेल्फिया जिल्ला अटर्नीलाई सार्वजनिक उपद्रव र अवैध चिठ्ठासहित अनुचित व्यापार अभ्यासहरूबाट जनतालाई संरक्षण गर्ने जिम्मेवारी दिइएको छ’ क्रासनरले विज्ञप्तिमा भनेका छन्, ‘जिल्ला अटर्नीलाई निर्वाचनको अखण्डतामा हस्तक्षेपबाट जनतालाई संरक्षण गर्ने जिम्मेवारी पनि दिइएको छ ।’

गत हप्ता न्याय मन्त्रालयले मस्कको अमेरिका पिएसीलाई एक पत्र पठाउँदै उसको १० लाख डलरको उपहारले सङ्घीय कानून उल्लङ्घन गर्नसक्ने चेतावनी दिएको थियो । उक्त कानूनले मतदान दर्ताका लागि मानिसहरूलाई भुक्तानी गर्न प्रतिबन्ध लगाउँछ ।




एक्सका मालिकसमेत रहेका ५३ वर्षीय मस्कले जुलाईमा समर्थन गरेपछि रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गर्न आफ्नो लाखौँ डलर, समय र उल्लेखनीय प्रभावको लगानी गरिरहेका छन् ।

मस्कले निर्वाचनका लागि कोष सङ्कलन गर्ने संस्था, आफ्नो व्यक्तिगत ट्रम्प समर्थक राजनीतिक कार्य समितिलाई ११ करोड ८० लाख डलर दान गरेको बताइएको छ ।

उनी पेन्सिलभेनियामा ट्रम्पको चुनावी र्‍यालीमा मञ्चमा देखा परेका छन् र नोभेम्बर चुनावमा महत्त्वपूर्ण मानिएको यस स्विङ स्टेटमा आफ्नै टाउन हल शृङ्खला आयोजना गरेका छन् ।

पहिले बाराक ओबामालाई समर्थन गरेका तर पछिल्ला वर्षहरूमा क्रमशः कन्जरभेटिभ हुँदै गएका मस्कले एक्समा आफ्ना २० करोड २० लाख फलोअर्सहरूलाई दैनिक रूपमा ट्रम्पको प्रशंसा र उनका प्रतिद्वन्द्वी डेमोक्रेटिक उपराष्ट्रपति कमला ह्यारिसको निन्दा गर्ने सन्देशहरू दिइरहेका छन् ।

-रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...
— उत्तर कोरियाली नेता किम जोङकी बहिनी किम यो जोङले सरकारका विभागहरु हेर्ने निर्देशकको जिम्मेवारी पाएकी छिन् । यसअघि उनी विभागकी उप–निर्देशक थिइन् । वकर्स पार्टीको नवौं महाधिवेशनले उनलाई निर्देशकमा नियुक्त गरेको हो । प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार वर्कर्स पार्टीको केन्द्रीय समितिले सोमबार किम यो जोङलाई विभाग निर्देशक नियुक्त गरेको ...