मुख्य समाचार
साउथ स्टार थलापति विजयले राजनीतिमा करिअर बनाउन तमिल फिल्म उद्योग छाडेको घोषणा
साउथ स्टार थलापति विजयले राजनीतिमा करिअर बनाउन तमिल फिल्म उद्योग छाडेको घोषणा

। साउथ स्टार थलापति विजयले राजनीतिमा करिअर बनाउन तमिल फिल्म उद्योग छाडेको घोषणा पहिल्यै गरेका हुन् । आइतबार बेलुका र्‍यालीलाई सम्बोधन गर्दै फिल्म करिअर उत्कर्षमा पुगेको बेला राजनीतिमा सहभागी हुने घोषणा गर्नुपर्नाको कारणबारे बताए ।

राजनीतिमा आफूलाई पूर्णरूपमा समर्पित गर्नुअघि उनले आफ्ना पछिल्ला केही फिल्मको सुटिङ गरिरहेको हल्ला थियो । तर उनले राजनीतिक करिअरका लागि फिल्म क्षेत्र छाडेको पुष्टि गरेका छन् । अभिनेताले आइतबार आफ्नो पहिलो र्‍यालीमा फ्यानसँग पनि कुरा गरे ।


विजयले तमिलनाडुमा फ्यानसँग कुरा गर्दै भने, ‘मैले करिअरको शिखरमा आइपुगेर फिल्मलाई लात हानें र आफ्नो पारिश्रमिकलाई पनि लात मारें । म यहाँहरु सबैको विश्वास लिएर तपाईंको विजयको रुपमा आएको हुँ ।’

गत सेप्टेम्बर सार्वजनिक एक रिपोर्टमा विजयलाई धेरै कमाउने भारतीय अभिनेताको रुपमा चित्रण गरिएको थियो ।


इ-टाइम्ससहित केही भारतीय सञ्चारमाध्यमका अनुसार थलापति विजयले आगामी फिल्म ‘थलापति ६९’ को लागि २७५ करोड भारु पारिश्रमिक लिएका छन् । विजयले तमिल फिल्ममा आफ्नो प्रवेशको बारेमा पनि कुरा गरे । उनले भने, ‘मेरो सिनेमा करिअरको सुरुमा मलाई मेरो अनुहार राम्रो छैन, म राम्रो देखिन्न, मेरो कपाल र मेरो चाल पनि राम्रो थिएन भनेर भनिएको थियो । उनीहरुले मलाई यसरी लज्जित तुल्याए ।’

यस्ता आलोचनाले आफूलाई असर गर्न नदिने उनले बताए । विजयले आफ्नो छाप बनाउन र सबैलाई गलत साबित गर्न कडा मेहनत गरेको बताए ।

विजय तीन दशकभन्दा बढी समयदेखि फिल्म उद्योगमा सक्रिय छन् । उनले बाल कलाकारको रुपमा वेत्री, कुटुम्बम्, वसन्त रागम र सत्तम ओरु विलायट्टु जस्ता फिल्ममा अभिनय गरे ।

उनले सन् १९९२ मा ‘नालैया थेरपु’बाट डेब्यु गरेका थिए । उनले नेन्जिनिले, मिनसारा कन्ना, गिल्ली, शिवकासी, पोक्किरी, अझागिया तमिल मगन र कुरुवी लगायत ६८ वटा फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो रिलिज फिल्म ‘ग्रेटेस्ट अफ अल टाइम (गोट) हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...