मुख्य समाचार
लिभरपुलले प्रिमियर लिगमा आर्सनलसँग २-२ गोलको बराबरी
लिभरपुलले प्रिमियर लिगमा आर्सनलसँग २-२ गोलको बराबरी

। मोहमद सालाहले खेलको अन्त्यतिर गरेको गोल मदतमा लिभरपुलले प्रिमियर लिगमा आर्सनलसँग २-२ गोलको बराबरी खेलेको छ ।

आर्सनलले घरेलु मैदानमा दुई पटक अग्रता बनाए पनि लिभरपुलले पुनरागमन गरेको हो ।


एमिरेट्स मैदान बुकायो साकाले खेलको नवौं मिनेटमै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता लामो समय रहेन । १८औं मिनेटमा लिभरपुलका कप्तान भर्जिल भान डाइकले बराबरी गोल फर्काए ।

४३औं मिनेटमा मिकेल मेरिनोले गोल गरेपछि आर्सनलले पहिलो हाफमा फेरि अग्रता लियो । तर, दोस्रो हाफमा सालाहको गोलले आर्सनललाई जितबाट रोक्यो । लिभरपुलका सालाहले ८१औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए । त्यसपछि खेलमा थप गोल भएन र दुवै टोलीले एक एक अंक जोडे ।


यो बराबरीले लिभरपुलको शीर्ष स्थानमा उक्लने अवसर गुमेको छ भने म्यानचेष्टर सिटीलाई फाइदा भएको छ । ९ खेलबाट लिभरपुल २२ अंकसहित दोस्रोमै छ । शीर्ष स्थानको सिटीको समान खेलबाट २३ अंक छ ।

९ खेलबाट १८ अंक जोडेको बर्सनल तेस्रो स्थानमा उक्लेको छ ।

लिगकै अन्य खेलमा चेल्सीले न्युकासललाई २-१ ले पराजित गरेको छ । जितपछि चेल्सी ९ खेलबा६ १७ अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।

म्यानचेष्टर युनाइटेड भने वेष्टहम युनाइटेडसँग २-१ ले पराजित भयो । यो नतिजापछि वेष्ट हमले युनाइटेड समान ११ अंक जोडेको छ । गोल अन्तर वेष्टहम अगाडि रहँदै १३औं स्थानमा उक्लेको छ भने म्यानचेष्टर युनाइटेड १४औं स्थानमा झरेको छ ।

यस्तै टोटनहमलाई १-० ले हराएर क्रिस्टल प्यालेसले पनि सिजनको पहिलो जित निकालेको छ । पहिलो जितपछि ९ खेलबाट ६ अंक जोडेर प्यालेसले रेलिगेसन क्षेत्र छाड्दै १७औं स्थानमा उक्लेको छ । समान खेलबा६ १३ अंकसहित टोटनहम आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...