मुख्य समाचार
लिभरपुलले प्रिमियर लिगमा आर्सनलसँग २-२ गोलको बराबरी
लिभरपुलले प्रिमियर लिगमा आर्सनलसँग २-२ गोलको बराबरी

। मोहमद सालाहले खेलको अन्त्यतिर गरेको गोल मदतमा लिभरपुलले प्रिमियर लिगमा आर्सनलसँग २-२ गोलको बराबरी खेलेको छ ।

आर्सनलले घरेलु मैदानमा दुई पटक अग्रता बनाए पनि लिभरपुलले पुनरागमन गरेको हो ।


एमिरेट्स मैदान बुकायो साकाले खेलको नवौं मिनेटमै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता लामो समय रहेन । १८औं मिनेटमा लिभरपुलका कप्तान भर्जिल भान डाइकले बराबरी गोल फर्काए ।

४३औं मिनेटमा मिकेल मेरिनोले गोल गरेपछि आर्सनलले पहिलो हाफमा फेरि अग्रता लियो । तर, दोस्रो हाफमा सालाहको गोलले आर्सनललाई जितबाट रोक्यो । लिभरपुलका सालाहले ८१औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए । त्यसपछि खेलमा थप गोल भएन र दुवै टोलीले एक एक अंक जोडे ।


यो बराबरीले लिभरपुलको शीर्ष स्थानमा उक्लने अवसर गुमेको छ भने म्यानचेष्टर सिटीलाई फाइदा भएको छ । ९ खेलबाट लिभरपुल २२ अंकसहित दोस्रोमै छ । शीर्ष स्थानको सिटीको समान खेलबाट २३ अंक छ ।

९ खेलबाट १८ अंक जोडेको बर्सनल तेस्रो स्थानमा उक्लेको छ ।

लिगकै अन्य खेलमा चेल्सीले न्युकासललाई २-१ ले पराजित गरेको छ । जितपछि चेल्सी ९ खेलबा६ १७ अंक जोडेर चौथो स्थानमा उक्लेको छ ।

म्यानचेष्टर युनाइटेड भने वेष्टहम युनाइटेडसँग २-१ ले पराजित भयो । यो नतिजापछि वेष्ट हमले युनाइटेड समान ११ अंक जोडेको छ । गोल अन्तर वेष्टहम अगाडि रहँदै १३औं स्थानमा उक्लेको छ भने म्यानचेष्टर युनाइटेड १४औं स्थानमा झरेको छ ।

यस्तै टोटनहमलाई १-० ले हराएर क्रिस्टल प्यालेसले पनि सिजनको पहिलो जित निकालेको छ । पहिलो जितपछि ९ खेलबाट ६ अंक जोडेर प्यालेसले रेलिगेसन क्षेत्र छाड्दै १७औं स्थानमा उक्लेको छ । समान खेलबा६ १३ अंकसहित टोटनहम आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...