। जापानमा लामो समयदेखि सत्तामा रहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आम निर्वाचनमा बहुमत गुमाएको छ ।
निर्वाचन परिणामले विश्वको चौथो ठूलो अर्थव्यवस्था भएको जापानका लागि आगामी दिन कस्तो रहला भन्ने चासो व्यक्त भइरहेको छ ।
प्रधानमन्त्री इशिबा र उनको गठबन्धनले ४६५ सदस्यीय तल्लो सदनमा आवश्यक बहुमत गुमाएको जापानको सरकारी समाचार माध्यम एनएचकेले जनाएको छ ।
जापानको दुई सदनात्मक व्यवस्थामा तल्लो सदनलाई शक्तिशाली मानिन्छ ।
जापानको तल्लो सदनमा ४६५ सिट छ । बहुमतका लागि २३३ सिट आवश्यक थियो । तर, प्रधानमन्त्री शिगेरु इशिबाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र गठबन्धनका सहयोगी कोमितोले २०९ सिट मात्र जिते । यसअघि एलडीपी गठबन्धनसँग २७९ सिट थियो । एलडीपीका लागि यो नतिजा सन् २००९ पछिकै खराब हो ।
प्रधानमन्त्री इशिबाले निर्वाचन अघि नै निकै कठिन परिस्थितिको सामना गर्नु परेको अभिव्यक्ति दिएका थिए । नभन्दै उनलाई आइतबार भएको निर्वाचन परिणामबाट झट्का लागेको छ ।
एलडीपीको सत्ता साझेदार दल कोमितोका प्रमुख केइची इशी नै आफ्नो जिल्लामा पराजित भएका छन् ।
यसअघि निर्वाचन सकिएलगत्तै सार्वजनिक गरिएका मत सर्वेक्षण परिणाममा पनि एलडीपीले बहुमत गुमाउने प्रक्षेपण थियो । जापानको सरकारको नेतृत्वकर्ता दल एलडीपी केही समयदेखि विवादमा परेकाले उसको लोकप्रियता खस्किएको थियो ।
तल्लो सदनमा बहुमत गुमाए पनि सरकार फेरबदल भने नहुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । तर यो नतिजाले आफ्ना नीति संसदबाट पारित गर्न भने प्रधानमन्त्री इशिबालाई कठिन हुने छ र तेस्रो सहयोगी दलको सहारा लिनुपर्ने छ ।
टोकियो, अक्टोबर १० (न्युज अन जापान) — जापानकी नयाँ प्रधानमन्त्री तथा लिबरल डेमोक्रेटिक पार्टी (LDP) की अध्यक्ष ताकाइचीले आफ्नो कार्यकालको पहिलो ठूलो कूटनीतिक परीक्षा सामना गर्न लागेकी छन्। उनी अक्टोबर २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो शिखर बैठक गर्ने तयारीमा छन्। यस भेटका क्रममा ट्रम्पले जापानसँग रक्षा खर्च सकल गार्हस्थ उत्पादन (GDP) को ३.५% ...
ओसाका, अक्टोबर १० (न्युज अन जापान) — ओसाकाको नाकानोशिमा क्षेत्रमा अक्टोबर १० बाट एक अनौठो अनुभव सुरु भएको छ — “स्काई रेस्टुरेन्ट”, जहाँ पाहुनाहरूलाई जमिनबाट ४० मिटर माथि झुन्डिएर खाना र पेय पदार्थको मजा लिन मिल्नेछ। यो रेस्टुरेन्ट अनुभव जापानको कान्साई क्षेत्रमा पहिलोपटक ल्याइएको हो, जुन यसअघि बेलायत, फ्रान्स, जर्मनी, चीनसहित ६५ भन्दा बढी देशहरूमा ...
टोकियो, जापान — ह्योगो प्रान्तीय प्रहरीका दुई प्रहरी अधिकृत गाँजासहित पक्राउ परेका छन्। उनीहरूले उक्त लागूपदार्थ आफ्नै प्रयोगको लागि राखेको स्वीकार गरेका छन्।
पक्राउ पर्नेमा अकाशी प्रहरी चौकीमा कार्यरत एक गस्ती प्रहरी र फुकिआई प्रहरी चौकीका एक सर्जन्ट रहेका छन्। दुवैजनाले गत अक्टोबर महिनामा आफ्ना-आफ्नै घरमा गाँजा राखेको आरोप लागेको छ।
अनुसन्धानकर्ताहरूका अनुसार प्रहरीले गस्ती प्रहरी काटोलाई ...