मुख्य समाचार
बालबालिका सम्बन्धी ऐन २०७५ संशोधनको लागि मस्यौदा भइरहेको छ : मन्त्री साह
बालबालिका सम्बन्धी ऐन २०७५ संशोधनको लागि मस्यौदा भइरहेको छ : मन्त्री साह

: महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी ऐन २०७५ संशोधनको लागि मस्यौदा भइरहेको बताएका छन्।



आफ्नो कार्यकालको सय दिनको उपलब्धि सार्वजनिक गर्न आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उक्त ऐन संशोधनका लागि मस्यौदा तयार गर्ने काम अन्तिम चरणमा पुगेको बताएका हुन्।

आफ्नो कार्यकालमा मानव बेचबिखन तथा ओसारपसारबाट प्रभावित भएका ७७ जना महिलालाई स्वदेश फिर्ता गरी पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापना गरिएको समेत उनले बताए।




त्यस्तै ४८ जना दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गरिएको, सडक बालबालिकामुक्त बनाउने सरकारको निर्णयलाई कार्यान्वयनका लागि उद्धार, पुनर्स्थापना, संरक्षण तथा व्यवस्थापनको कार्य प्रक्रिया अगाडी बढाइएको, महिला समुत्थान परियोजना मार्फत निर्माण हुने मंगला साहना दीर्घकालीन पुनर्स्थापना गृहको जग्गा विवाद सुर्य विनायक नगरपालिकाको समन्वयमा समाधान गरिएको मन्त्री सुडीले बताए।

उनले महिला समुत्थान परियोजना कार्यान्वयनका लागि नेपाल सरकार र लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेश सरकारबीच साझेदारी सम्झौता सम्पन्न भएको समेत जानकारी दिए।

त्यस्तै उनले सार्वजनिक सेवालाई अपांगतामैत्री बनाउन पाँच वटा संघीय मन्त्रालयहरूको भौतिक संरचनाको पहुँचयुक्त परीक्षण कार्य सुरु भएको उल्लेख गरे।

बेवारिसे बालबालिका १४० जना उद्धार गरिएकोमा ९१ जनालाई पारिवारिक पुनर्मिलन गरिएको, बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१ निर्माणको अन्तिम चरणमा रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
चार वर्षपछि झलनाथ भेटेका वामदेव भन्छन्– सँगै भएकोमा खुशी भयौं, विगतका धेरै कुरा सम्झियौं
। जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किएका छन् । बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । रेल भांगहा तर्फबाट जनकपुरतर्फ जाँदै थियो । सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले ...
। दुई समूहबीचको झडपका कारण तनावग्रस्त बनेको कैलालीगार कैदीबन्दीको संख्या पुन: गणना गरिएको छ । मानव अधिकार आयोगका प्रतिनिधिसँगै कारागार प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थितिमा थुनुवा कक्षमा प्रवेश गरी कैदीबन्दीको संख्या यकिन गरिएको हो । तनावपछि कैदीबन्दीको संख्यामा अन्योल भएको आइतबार मानव अधिकार आयोग धनगढी कार्यालयको रोहवरमा हतियारसहतिका सुरक्षाकर्मी प्रवेश गरेका थिए । गणनाअनुसार पुरुष राखिएको ब्लक ...
। काठमाडौं उपत्यकासहित नेवार समुदायको बसोबास रहेको ठाउँमा मनाइने गाईजात्रा पर्वलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले फरक तरिकाले मनाएका छन् । तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई ‘प्राइड डे अर्थात गौरव दिवस’का रुपमा मनाएका हुन् । यसपटक भने यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले दुई फरक-फरक ठाउँबाट र्‍याली निकाले । मायाको पहिचान नामक संस्थाले ठमेलको कर्मचारी सञ्चयकोष ...
। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नागरिकको गुनासो सुन्न र समाधान गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याएको छ । मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवं नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासाको सुनुवाइ तथा समाधान गर्ने इकाईको रुपमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो । सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले गुनासो व्यवस्थापन केन्द्रले सेवाग्राहीलाई तत्काल प्रतिक्रिया दिने ...