मुख्य समाचार
साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्ने
साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्ने

: नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा पाँच पटकको विजेता भारतलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै नेपालले छैटौं पटक फाइनलमा स्थान बनाएको हो ।



साफ च्याम्पियनसिपको सातौं संस्करण चलिरहँदा नेपाल सन् २०१६ मा मात्रै फाइनलमा पुग्न असफल भएको थियो । नेपालले उपाधिका लागि बिहीबार साविक विजेता बंगलादेशको सामना गर्ने छ । आइतबार नै भएको सेमिफाइनलमा भुटानलाई ७–१ गोलले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा दबाबमा खेल खेलेका थिए । खेलको दोस्रो हाफ तनावपूर्ण बन्दा झन्डै दुई घण्टा खेल ढिलासम्म सञ्चालन भएको थियो ।




भारतीय खेलाडीहरू गोलको खुसी मनाइरहँदा भुटानकी रेफ्री ओम चोकीले नेपाललाई खेल सञ्चालन गर्न लगाएकी थिइन् । भारतीय खेलाडी बाहिर रहेका कारण प्रिति राईले लामो प्रहार गर्दै गोल गरेकी थिइन् ।
नेपालकी फरवार्ड रेखा पौडेललाई खेलको ५१औं मिनेटमा दोहोरो पहेंलो (रातो) कार्ड दिएपछि दर्शकले नाराबाजी गर्दै मैदानमा पानीका बोलत फालेका थिए । जसका कारण करिब १५ मिनेट खेल रोकिएको थियो । खेल सुरु भएलगत्तै १० खेलाडीमा सीमित नेपालमाथि दबाब बनाउँदै भारतले गोल गरेको थियो । ७२औं मिनेटमा संगीता बाँसफोरेले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

null

भारतीय खेलाडीहरू गोलको खुसी मनाइरहँदा भुटानकी रेफ्री ओम चोकीले नेपाललाई खेल सञ्चालन गर्न लगाएकी थिइन् । भारतीय खेलाडी बाहिर रहेका कारण प्रिति राईले लामो प्रहार गर्दै गोल गरेकी थिइन् । तर, रेफ्री चोकीले गोल नदिएपछि फेरि दर्शकले नाराबाजी गर्दै मैदानमा बोतल फालेका थिए । जसका कारण एक घण्टाभन्दा बढी समय खेल अवरुद्ध भएको थियो ।

एक घण्टाभन्दा ढिलो गरी खेल सुचारु भएलगत्तै नेपालले गोल फर्काएको थियो । प्रीति राईले उपलब्ध गराएको सुन्दर पासलाई नियन्त्रणमा लिँदै सावित्रा भण्डारीले भारतीय गोलरक्षक वाङखेमदेवीलाई छक्याउँदै गोल गरेकी थिइन् । निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।

टाइब्रेकरमा नेपालका सावित्रा भण्डारी, गीता राना, सविता रानमगर र अमिशा कार्कीले गोल गरेका थिए । यस्तै भारतका मनिषा र पुरुषोत्तम शिरभोइकरले गोल गर्दा आशतलादेवी लौतोङबाम र चानु सोरोखाइबम चुकेका थिए । आशलतादेवीको प्रहार पोलमा लागेर फर्किएको थियो भने सारोखाइबमको प्रहार नेपालकी गोलरक्षक अन्जना रानामगरले विफल पारेकी थिइन् ।

साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेश लगातार दोस्रो पटक फाइनलमा पुगेका हुन् । सन् २०२२ मा नेपालमै भएको छैटौं संस्करणमा पनि यी दुई टोलीले फाइनल खेलेका थिए ।

उक्त फाइनलमा बंगलादेशले नेपाललाई ३–१ गोलले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । नेपालले साफ च्याम्पियनसिप आयोजना गरेको तेस्रो पटक हो । यसअघि सन् २०१९ र २०२२ को संस्करण पनि नेपालले नै आयोजना गरेको थियो ।

साफ च्याम्पियनसिपको सबैभन्दा सफल राष्ट्र भारत हो । भारतले अहिलेसम्म पाँचपटक उपाधि जितिसकेको छ । यस्तै बंगलादेशले एक पटक उपाधि चुमेको छ । पछिल्ला ६ संस्करणमध्ये पाँच संस्करणमा फाइनलमा पुगेको नेपाल उपविजेतामै सीमित बन्दै आएको छ । नेपालले चार पटक भारतसँग फाइनलमा पराजय बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...