मुख्य समाचार
निर्वाचनको मिति नजिकिँदै गर्दा थप कलाकार खुल्ने क्रम जारी
निर्वाचनको मिति नजिकिँदै गर्दा थप कलाकार खुल्ने क्रम जारी

। नोभेम्बर ५ मा अमेरिकामा राष्ट्रपतिय चुनाव हुँदैछ । यस चुनावमा डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति समेत रहेकी कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् ।

यी दुई उम्मेदवारलाई लिएर सिंगो अमेरिका विभाजित छ । सेलेव्रिटीले समेत आ-आफूलाई मनपर्ने उम्मेदवारलाई इन्डोर्स गरिरहेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा थप कलाकार खुल्ने क्रम जारी छ ।




टेलर स्विफ्ट, बिली एलिस र एमिनेमजस्ता स्टारले यसअघि नै ह्यारिसको पक्षमा आफ्नो समर्थन जाहेर गरिसकेका छन् । समर्थनको यो क्रममा पपस्टार बियोन्से र हलिउड अभिनेता लियोनार्दो डिकाप्रियो समेत ह्यारिसको पक्षमा खुलेका छन् ।

ह्यारिसले टेक्सास राज्यको ह्युस्टनमा आयोजना गरेको चुनावी र्‍यालीमा पपस्टार बियोन्से पनि सहभागि भएर ह्यारिसको पक्षमा उभिइन् ।






‘म यहाँ सेलिब्रेटीको रूपमा होइन, म यहाँ राजनीतिज्ञको रूपमा पनि होइन । म यहाँ आमाको रूपमा उभिएकी छु’ बियोन्सेले ह्यारिसको लागि आयोजित चुनावी र्‍यालीमा भनिन् ।

‘एउटी आमा जसले मेरा बच्चा र हाम्रा सबै बच्चाहरु बस्ने संसारको गहिरो ख्याल राख्छिन्, एउटा यस्तो संसार जहाँ हामीसँग हाम्रो शरीरलाई नियन्त्रण गर्ने स्वतन्त्रता छ, एउटा संसार जहाँ हामी विभाजित छैनौं’ ह्युस्टनमा उनले भनिन् ।

‘हाम्री छोरीहरू बिना छत, कुनै सीमाहरू बिनाको सम्भावना देखेर हुर्किँदै गरेको कल्पना गर्नुहोस्’ उनले भनिन्, ‘हामीले भोट गर्नुपर्छ, र हामीलाई तपाई चाहिन्छ ।’

ह्युस्टन बियोन्सेको गृहनगर पनि हो । ह्यारिसको उक्त र्‍यालीमा सन् २०१६ मा रिलिज भएको बियोन्सेको गीत ‘फ्रिडम’ बजाइएको थियो । ह्यारिसले अघि सारेको ‘गर्भपतनको स्वतन्त्रता’लाई बियोन्सेले समर्थन गरेकी छन् ।



यसैबीच, हलिउड स्टार लियोनार्दो डिकाप्रियो पनि ह्यारिसको पक्षमा खुलेका छन् । इन्स्टाग्राममा पोष्ट गरिएको भिडियोमा अस्कर विजेता अभिनेताले हालै अमेरिकामा आएको आँधी हेलेन र मिल्टनको क्षतिको बारेमा चर्चा गर्दै भने, ‘यी प्रकोपहरू जलवायु परिवर्तनको कारणले भएको हो ।’

‘तर, डोनाल्ड ट्रम्पले तथ्यहरूलाई अस्वीकार गरिरहेका छन् । उनले विज्ञानलाई अस्वीकार गरिरहेका छन् । उनले पेरिस जलवायु सम्झौताबाट संयुक्त राज्य अमेरिकालाई फिर्ता बोलाए र महत्वपूर्ण वातावरणीय संरक्षणका मुद्दाबारे पछि हटाए’ डिकाप्रियोले भने ।

उनले भने, ‘जलवायु परिवर्तनले पृथ्वीलाई मार्दैछ र हाम्रो अर्थतन्त्रलाई बर्बाद गरिरहेको छ । हाम्रो अर्थतन्त्र, हाम्रो ग्रह र आफूलाई बचाउनको लागि हामीलाई साहसी कदम चाहिन्छ । त्यसैले म कमला ह्यारिसलाई भोट गर्दैछु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम