मुख्य समाचार
अमेरिका र स्कटल्याण्डसँग खेल्नका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टोली घोषणा
अमेरिका र स्कटल्याण्डसँग खेल्नका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टोली घोषणा

: नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका भ्रमणमा रहेका नेपाली टोलीको घोषणा गरेको छ। आइसीसी लिग २ अन्तर्गत अमेरिका र स्कटल्याण्डसँग खेल्नका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टोली घोषणा गरेको हो। दुई जनालाई भने 'रिजर्भ'मा राखिएको छ।



टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन्। देव खनाल र सागर ढकाल रिजर्भमा रहेका छन्।

लिग २ अन्तर्गतका खेलमा नेपालले अहिलेसम्म एउटा खेलमात्र जितेको छ। घरेलु मैदानमा भएको खेलमा नेपालले नेदल्यान्डसलाई पराजित गरेको थियो। बाँकी ३ खेलमा पराजय व्यहोरेको थियो। हालै क्यानडामा सम्पन्न खेलमा पनि नेपाल तीनवटा खेलमा पराजित भएको थियो। ओमानसँग एक खेल भने वर्षाका कारण स्थगित भएपछि नेपालले एक अंक जोडेको थियो। नेपालले ८ खेलमा ३ अंक जोडेर तालिकाको सातौं स्थानमा छन्। नेपालभन्दा मुनि २ अंकसहित युएई पुछारमा छन्।


१२ मध्ये ८ खेल जितेर क्यानडा १६ अंकसहित शीर्ष स्थानमा छ। त्यस्तै १२ अंकसहित अमेरिका दोस्रो, १२ अकंसहित नै नेदरल्यान्ड्स तेस्रो, ११ अंकसहित स्कटल्याण्ड चौथोमा, १० अंकसहित नामिबिया पाँचौं र ६ अंकसहित ओमान छैटौं स्थानमा छ। ओडीआई स्टाटस जोगाउनका लागि पनि नेपालले बाँकी खेलमा संघर्ष गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...