मुख्य समाचार
सेमिफाइनलमा आज नेपाल र भारत तथा बंगलादेश र भुटान खेल्दै
सेमिफाइनलमा आज नेपाल र भारत तथा बंगलादेश र भुटान खेल्दै

: आज दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत तथा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ।



आजको पहिलो खेल बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजेबाट हुनेछ भने दोस्रो सेमिफाइनल नेपाल र भारतबीच साढे ६ बजे सुरु हुनेछ ।

साफ महिला च्याम्पियनसिपको सर्वाधिक सफल टोली हो, भारत । च्याम्पियनसिपको पछिल्ला ६ संस्करणमध्ये पाँच संस्करणको उपाधि जितेको भारत यस पटक पनि च्याम्पियन हुने लक्ष्यसहित नेपाल आएको छ । अघिल्लो संस्करणमा सेमिफाइनलमै रोकिएको भारत यस पटक फाइनलमा पुगेर उपाधि जित्न चाहन्छ । भारतको यो अभियानमा उसलाई सबैभन्दा ठूलो डर घरेलु टोली नेपालको थियो । त्यसैले फाइनलमा मात्रै नेपालसँग भेट होस् भन्ने चाहन्थ्यो । तर, भारतले सेमिफाइनलमै नेपाललाई प्रतिद्वन्द्वी पाएको छ ।




दक्षिण एसियाली प्रतियोगितामा नेपालका लागि भारत नयाँ र नौलो प्रतिद्वन्द्वी होइन । विगतमा यी दुई टोलीको भेट हरेकजसो प्रतियोगिताका फाइनलमा हुने गरेको छ । तर, पछिल्लो समय भने यी चिरपरिचित प्रतिद्वन्द्वी सेमिफाइनलमै भिड्न थालेका छन् । साफ च्यम्पियनसिपको ६ संस्करण सकिँदा यी दुई राष्ट्रले चार पटक फाइनल र दुई पटक सेमिफाइनलमा भिडेका छन् ।

सन् २०२२ मा नेपालमै भएको छैटौं संस्करणमा नेपाल र भारतको भेट सेमिफाइनलमै भएको थियो । भारतलाई १–० गोलले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको थियो । साफ च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको त्यो पहिलो पटक हो । सन् २०१० देखि २०१४ सम्म लगातार तीन संस्करणको फाइनल खेल्दा नेपाल भारतसँग पराजित भएको थियो । त्यसपछि २०१६ मा सेमिफाइनलमै भेट हुँदा पनि भारतले नै बाजी मारेको थियो । सन् २०१९ मा विराटनगरमा भएको पाँचौं साफमा यी दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला पनि नेपाल भारतसँग पराजित भएको थियो ।

घरेलु मैदानमा नेपालले तेस्रो पटक भारतको सामना गर्न लागेको हो । यसअघि दुवै टोलीले एक÷एक खेल जितेका छन् । सन् २०१९ को फाइनलमा भारत विजयी हुँदा सन् २०२२ को सेमिफाइनलमा नेपालले बदला लिएको थियो । त्यसैले आइतबार यी दुई टोली आमनेसामने हुँदा अघिल्लो संस्करणको ‘रिप्ले’का रुपमा धेरैले हेरेका छन् । नेपाल र भारतसँगै बंगालदेश र भुटानले सेमिफाइनलमा स्थान बनाएका छन् । साविक विजेता बंगलादेश समूह ‘ए’को विजेता र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । बंगलादेश यस समूहबाट अपराजित रह्यो । नेपालको समूहमा रहेको भुटानले उत्कृष्ट प्रदर्शन गर्दै उपविजेताका रुपमा अन्तिम चारमा स्थान बनाएको हो । अघिल्लो संस्करणमा पनि यी चार टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए । अघिल्लो संस्करणमा नेपालले भारत र बंगलादेशले भुटानलाई पाखा लगाउँदै फाइनलमा स्थान बनाएका थिए ।

यस पटक अघिल्लो संस्करणमा गरेका गल्ती नदोहो¥याउँदै उपाधि जित्ने अभियानमा नेपाल छ । नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अहिले उपाधि जित्नेभन्दा पनि सेमिफाइनलमा भारतलाई हराउनेमा केन्द्रित भएको बताए । ‘सेमिफाइनल हाम्रा लागि महत्वपूर्ण खेल हो । त्यो खेलमा हामीले सबै शक्ति लगाएर खेल्नुपर्छ’, बिहीबार श्रीलंकालाई पराजित गरेपछि तामाङले भने, ‘भारतसँग सेमिफाइनलमा कसरी खेल्ने भनेर रणनीति बनाउनु पर्छ । त्यसपछि मात्रै फाइनलका बारेमा सोच्छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...