मुख्य समाचार
काठमाडौं गुर्खाजले नामिबियाका कप्तान मर्बी जेरार्ड इरास्मसलाई अनुबन्ध
काठमाडौं गुर्खाजले नामिबियाका कप्तान मर्बी जेरार्ड इरास्मसलाई अनुबन्ध

— काठमाडौं गुर्खाजले नामिबियाका कप्तान मर्बी जेरार्ड इरास्मसलाई अनुबन्ध गरेको छ । जेरार्डले मंसिर १५ देखि काठमाडौंमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजबाट खेल्नेछन् ।
सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्लेयर अफ द इयरमा चुनिएका उनले नामिबियाबाट ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । त्यसक्रममा उनले एकदिवसीयमा झन्डै २ हजार रनका साथै ३८ विकेट र ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ हजार ५ सय ५७ रन बनाउँदै ५३ विकेट पनि लिएका छन् ।

कप्तानी भूमिकामा इरास्मसले नटआउट ५३ रन बनाएर आयरल्यान्डमाथि ८ विकेटको विजय दिलाएपछि नामिबिया सन् २०२१ मा ट्वान्टी–२० विश्वकपको सुपर १२ मा पुगेको थियो । नामिबियाले यसै वर्ष फेब्रुअरीमा विश्वकप लिग २ मा नेपाल र नेदरल्यान्ड्सविरुद्ध कीर्तिपुरमा खेलिएका ४ खेलमा ३ मा विजय दिलाएका थिए । जसमा नेपालविरुद्धको दोस्रो खेलमा अर्धशतक बनाएका थिए ।

‘मर्बी जेरार्ड इरास्मस एसोसिएट क्रिकेट क्षेत्रका एक उत्कृष्ट खेलाडी हुन् । साथै उनी आफ्नो टोलीका सच्चा लिडर हुन् । उनको आगमनले काठमान्डु गुर्खाजको ब्याटिङ, बलिङका साथै टोलीलाई पनि ठूलो टेवा पुग्नेछ, हामी उनको आगमनको प्रतीक्षामा छौं,’ काठमान्डु गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले भने ।

दुबईमा इन्टरनेसनल लिग टी–२० खेलेका इरास्मसले आफू काठमाडौं आएर गुर्खाजबाट एनपीएल खेल्न निकै उत्सुक रहेको जनाएका छन् । ‘गुर्खाज परिवारको एउटा सदस्य हुन पाउँदा म आफूलाई अत्यन्तै गौरवान्वित महसुस गरिरहेको छु । आफ्नो साहस र बलको लागि परिचित राष्ट्र नेपालमा एउटा आइकोनिक टोलीको प्रतिनिधित्व गर्न पाउँदा मलाई गर्व छ,’ इरास्मसले भने, ‘हामी त्यही निडर भावनालाई क्रिकेट मैदानमा ल्याउन र स्मरणीय बनाउन तयार छौं ।’

एनपीएल खेल्ने उनी गुर्खाजका दोस्रो विदेशी खेलाडी हुन् । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटलाई गुर्खाजले यसअघि नै अनुवन्धन गरिसकेको छ । लेभिट नेदरल्यान्ड्सबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडी हुन् । मार्चमा उनले नामिबियाविरुद्ध कीर्तिपुर मैदानमा ६२ बलमा १ सय ३५ रन बनाउनेक्रममा ४९ बलमा शतक पुरा गरेका थिए । सो भ्रमणमा लेभिटले नेपालविरुद्धको तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा दुईमा अर्धशतक बनाएका छन् ।

काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजको ‘मार्की’ खेलाडीमा करण केसी छन् । अक्सनबाट गुर्खाजले शाहब आलम, भीम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतीक श्रेष्ठलाई लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...