मुख्य समाचार
‘द रिङ्स अफ पावर’ संसारकै महंगो वेब सिरिज
‘द रिङ्स अफ पावर’ संसारकै महंगो वेब सिरिज

। यस्तो वेब सिरिज जसको एउटा एपिसोड यति महंगो भएको बताइन्छ कि यो धेरै बलिउड फिल्मभन्दा बढी हो ।

तपाईंले सुन्नभएको होला ‘द लर्ड अफ द रिङ्स : द रिङ्स अफ पावर’ । यसलाई इतिहासको सबैभन्दा महंगो टिभी शो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस शोको पहिलो सिजन सन् २०२२ मा अमेजन प्राइम भिडियोमा प्रिमियर भएको थियो ।


‘डेडलाइन’को एक रिपोर्टका अनुसार यो सिरिजमा अमेजन स्टुडियोको लागत एक बिलियन अमेरिकी डलर (८ हजार ३०० करोड भारु) छ । यस बजेटमा सिजन-१ का लागि अधिकार खरिद र प्रवर्द्धन लागत पनि समावेश छ ।

‘कोलाइडर’को अर्को रिपोर्ट अनुसार उत्पादन लागत मात्रै ४६ करोड ५० लाख डलर (३ हजार ८०० करोड भारुभन्दा धेरै) थियो । आठ एपिसोडको सिजनको प्रत्येक एपिसोडको लागत लगभग ५८ मिलियन डलर थियो ।


अहिलेसम्मकै महंगो फिल्मको कुरा गर्दा ‘स्टार वार्स : द फोर्स अवेकन्स’लाई भनिन्छ, जसको निर्माण बजेट ४४७ मिलियन डलर थियो, जुन ‘रिङ्स अफ पावर’ भन्दा कम हो । मूल ‘लर्ड अफ द रिङ्स ट्रिलोजी’को तीन फिल्मको निर्माण लागत जम्मा २६ करोड डलर थियो । फिल्मको स्पिन अफ भन्दा शोको लागत धेरैअघि देखिन्छ ।

यसको तुलनामा भारतीय फिल्म धेरै पछाडि छन् । सबैभन्दा महंगा भारतीय फिल्ममध्ये ‘कल्की २८९८ एडी’, ‘आरआरआर’ र ‘आदिपुरुष’को निर्माण बजेट उच्च छ । तर रिङ्स अफ पावरको सिजन १ को लागतको १५ को १ भाग मात्रै हो । यो शोको बजेट यति उच्च छ कि प्रतिएपिसोड उत्पादन लागत ४८ मिलियन डलर छ ।

यो बजेट ‘ब्रह्मास्त्र पार्ट वन’ (४५ मिलियन), ‘सिंघम अगेन’ (४२ मिलियन) र ‘जवान’ (३६ मिलियन)जस्ता केही ठूला भारतीय फिल्मको बजेट भन्दा बढी हो ।

‘लर्ड अफ द रिङ्स : द रिङ्स अफ पावर’ कथाको बारेमा कुरा गर्दा यो काल्पनिक ठाउँ मिडल अर्थको हो । यो १९ वटा औंठीको कथा हो जसलाई शक्तिको औंठी पनि भनिन्छ । यी १९ वटा औंठीहरूमध्ये केही एलेस जातिका मानिसलाई, केही बौनेहरूलाई र केही मानव जातिलाई दिइन्छ । यी औंठी भएकाले आफ्नो जातका मानिसमाथि शासन गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...