मुख्य समाचार
‘द रिङ्स अफ पावर’ संसारकै महंगो वेब सिरिज
‘द रिङ्स अफ पावर’ संसारकै महंगो वेब सिरिज

। यस्तो वेब सिरिज जसको एउटा एपिसोड यति महंगो भएको बताइन्छ कि यो धेरै बलिउड फिल्मभन्दा बढी हो ।

तपाईंले सुन्नभएको होला ‘द लर्ड अफ द रिङ्स : द रिङ्स अफ पावर’ । यसलाई इतिहासको सबैभन्दा महंगो टिभी शो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस शोको पहिलो सिजन सन् २०२२ मा अमेजन प्राइम भिडियोमा प्रिमियर भएको थियो ।


‘डेडलाइन’को एक रिपोर्टका अनुसार यो सिरिजमा अमेजन स्टुडियोको लागत एक बिलियन अमेरिकी डलर (८ हजार ३०० करोड भारु) छ । यस बजेटमा सिजन-१ का लागि अधिकार खरिद र प्रवर्द्धन लागत पनि समावेश छ ।

‘कोलाइडर’को अर्को रिपोर्ट अनुसार उत्पादन लागत मात्रै ४६ करोड ५० लाख डलर (३ हजार ८०० करोड भारुभन्दा धेरै) थियो । आठ एपिसोडको सिजनको प्रत्येक एपिसोडको लागत लगभग ५८ मिलियन डलर थियो ।


अहिलेसम्मकै महंगो फिल्मको कुरा गर्दा ‘स्टार वार्स : द फोर्स अवेकन्स’लाई भनिन्छ, जसको निर्माण बजेट ४४७ मिलियन डलर थियो, जुन ‘रिङ्स अफ पावर’ भन्दा कम हो । मूल ‘लर्ड अफ द रिङ्स ट्रिलोजी’को तीन फिल्मको निर्माण लागत जम्मा २६ करोड डलर थियो । फिल्मको स्पिन अफ भन्दा शोको लागत धेरैअघि देखिन्छ ।

यसको तुलनामा भारतीय फिल्म धेरै पछाडि छन् । सबैभन्दा महंगा भारतीय फिल्ममध्ये ‘कल्की २८९८ एडी’, ‘आरआरआर’ र ‘आदिपुरुष’को निर्माण बजेट उच्च छ । तर रिङ्स अफ पावरको सिजन १ को लागतको १५ को १ भाग मात्रै हो । यो शोको बजेट यति उच्च छ कि प्रतिएपिसोड उत्पादन लागत ४८ मिलियन डलर छ ।

यो बजेट ‘ब्रह्मास्त्र पार्ट वन’ (४५ मिलियन), ‘सिंघम अगेन’ (४२ मिलियन) र ‘जवान’ (३६ मिलियन)जस्ता केही ठूला भारतीय फिल्मको बजेट भन्दा बढी हो ।

‘लर्ड अफ द रिङ्स : द रिङ्स अफ पावर’ कथाको बारेमा कुरा गर्दा यो काल्पनिक ठाउँ मिडल अर्थको हो । यो १९ वटा औंठीको कथा हो जसलाई शक्तिको औंठी पनि भनिन्छ । यी १९ वटा औंठीहरूमध्ये केही एलेस जातिका मानिसलाई, केही बौनेहरूलाई र केही मानव जातिलाई दिइन्छ । यी औंठी भएकाले आफ्नो जातका मानिसमाथि शासन गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कलाकार प्रकाश सपुतले यहाँस्थित नेपाली राजदूत शंकर शर्मा र दूतावासका सांस्कृतिक विभाग हेर्ने अधिकारी गोकुल बस्नेतसँग भेट गरेका छन् । राजदूत शर्मासँगको भेटमा सपुतले नेपाली फिल्मलाई स्वदेशसँगै भारतमा पनि एकसाथ प्रदर्शनमा ल्याउने व्यवस्थामा सहजीकरण गर्न आग्रह गरेका थिए । ‘भारतमा नेपालीको संख्या ठूलो छ, यहाँ आएर कार्यक्रम गर्दा हजारौं नेपाली दर्शकको अपार सहभागिता र माया पाएँ, ...
। विश्वकै सबैभन्दा जेठो मानिने प्रसिद्ध भेनिस फिल्म फेस्टिभलको ८२ औं संस्करण सुरु भएको छ । महोत्सव दुई सातासम्म चल्नेछ । महोत्सवको ओपनिङ फिल्मको रुपमा इटालीका पाओलो सोरेन्टिनोद्वारा निर्देशित ‘ला ग्राजिया’ थियो जसले उत्साहजनक प्रशंसा पायो । टोनी सर्भिल्लो अभिनित यो फिल्मले इच्छामृत्यु र विवादास्पद माफीसहित नैतिक र राजनीतिकरुपमा दुविधाग्रस्त विचार व्यक्त गर्ने इटालियन राष्ट्रपतिको कथा ...
। अन्तरिक्षमा छायांकन गरिएको चिनियाँ फिल्म ‘विन्डो टु द ब्लू प्लानेट’को ट्रेलर सार्वजनिक भएको छ । (ट्रेलर हेर्न यो लिंकमा क्लिक गर्नूस ) यो फिल्म सेप्टेम्बर ५, २०२५ मा चीनमा प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई एट्के- रिजोलुसनमा खिचिएको चीनको पहिलो लाइभ एक्सन फिल्म बताइएको छ । ६ महिनासम्म पृथ्वीको कक्षमा रहेको शेन्झाउ–१३ मिसनको कथामा आधारित यस फिल्ममा ...
। गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे । स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता ...
— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् । रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् ...