मुख्य समाचार
पोखरा एभेन्जर्सले दक्षिण अफ्रिकी लेजेण्ड जोन्डी रोड्सलाई मेन्टर नियुक्त
पोखरा एभेन्जर्सले दक्षिण अफ्रिकी लेजेण्ड जोन्डी रोड्सलाई मेन्टर नियुक्त

। पोखरा एभेन्जर्सले दक्षिण अफ्रिकी लेजेण्ड जोन्डी रोड्सलाई मेन्टर नियुक्त गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पोखराले जोन्टीलाई तीन वर्षको लागि सम्झौता गरेको पोखराले शुक्रबार विज्ञप्तीमार्फत जनाएको छ ।




यससँगै उनी नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा जोडिने सबैभन्दा ठूलो विदेशी नाम बनेका छन् ।

एनपीएलको सबैभन्दा महँगो फ्रेन्टाइज टिम पोखरा एभेन्जर्सका सञ्चालक मनोबल श्रेष्ठले पूर्व दक्षिण अफ्रिकी क्रिकेटर रोड्सलाई नेपाल प्रिमियर लिगको लागि आफ्नो टीमको परामर्शदाता र सल्लाहकारका रूपमा नियुक्त गरेका हुन् ।




रोड्सले यसअघि भारतीय क्रिकेटर र कोच सन्दीप पाटिलले सम्हालेको भूमिका अब सम्हाल्नेछन् ।

सञ्चालक श्रेष्ठले भने, ‘उहाँलाई हाम्रो टिममा पाउँदा निकै उत्साहित छौं । उहाँको अनुभवले पोखरा एभेन्जर्सको भविष्यलाई झन् चम्किलो बनाउनेछ । युवाहरूको क्षमतामा वृद्धि गर्न सहयोग पुर्‍याउनेछ ।’

विश्व क्रिकेटमा उत्कृष्ट फिल्डिङका कारण परिचित जोन्टी रोड्स यसअघि पनि नेपाल आएका थिए । उनले इन्डियन प्रिमियर लिगमा पनि विभिन्न फ्रेन्चाइज टिमसँग काम गरिसकेका छन् । उनले यसअघि धनगढी प्रिमियर लिगमा गुडविल एम्बासडरको रुपमा काम गरेका थिए ।

रोड्स, जसले मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्ससँग काम गरेका छन् । पोखराको मेन्टरमा नियुक्त भएपछि रोड्सले भने, ‘यस टिममा हुन पाउँदा म उत्साहित छु । अब म मेरो सीप र अनुभव मार्फत सम्पूर्ण खेलाडी र प्रमुख कोच राजिव कुमारलाई सहयोग गरेर टिमलाई बलियो बनाउन प्रयास गर्नेछु ।’

उनले उद्देश्यअनुसार जान सकिए खेल सकिँदासम्म प्रत्येक खेलाडी उत्कृष्ट हुने विश्वास लिएका छन् । रोड्सले केही वर्षअघि नेपालको राष्ट्रिय टिम र उमेर समूहको टोलीलाई छोटो प्रशिक्षण दिएका थिए। हाल उनी आईपीएलको लखनउ सुपरजायन्ट्ससँग आवद्ध छन् ।

५५ वर्षीय रोड्सले दक्षिण अफ्रिकाका लागि ५२ टेष्ट र २४५ ओडिआई म्याच खेलेका थिए । जोन्टीको अनुभव र विशेषज्ञता टोलीका लागि महत्त्वपूर्ण हुने पोखराको विश्वास छ ।

उनी पोखरा एभेन्जर्समा समावेश गरिनुले नेपालको क्रिकेटमा नयाँ युगको सुरुवातको संकेत मानिएको छ । रोड्सको अनुभवले टोलीको प्रदर्शनलाई सुधार्ने र युवा खेलाडीहरूको विकासमा ठूलो योगदान गर्ने अपेक्षा गरिएको छ । रोड्स नोभेम्बरको पहिलो साता नेपाल आउने पोखराले जनाएको छ ।

पोखराले यसअघिनै इन्डियन प्रिमियर लिग (आईपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका प्रशिक्षक समेत रहेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ भने रिजन प्रजु प्रशिक्षकमा छन् ।

यस्तै पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् ।

पोखराले विदेशी खेलाडीमा अमेरिकन विकेटकिपर ब्याटर आन्द्रेस गौस, नेदरल्याण्ड्सका अलराउण्डर बास डी लेड र वेष्ट इन्डिजका बलर एण्डरसन फिलिपलाई अनुबन्ध गरिसकेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपीएल मंसिर १५ देखि पुष ६ गतेसम्म हुनेछ । लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...