मुख्य समाचार
भारतको चर्चित टेलिभिजन शो ‘सीआईडी’का फ्यानका लागि खुसीको खबर
भारतको चर्चित टेलिभिजन शो ‘सीआईडी’का फ्यानका लागि खुसीको खबर

। भारतको चर्चित टेलिभिजन शो ‘सीआईडी’का फ्यानका लागि खुसीको खबर छ । २० वर्षभन्दा बढी समयदेखि दर्शकलाई मनोरञ्जन दिंदै आएको यो शोको पुनरागमन हुने भएको छ ।

सोनी टिभीले शोको क्लिप सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ । क्लिपमा लोकप्रिय कलाकार शिवाजी साटम, आदित्य श्रीवास्तव र दयानन्द शेट्टी देखिएका छन् ।




दयानन्द शेट्टीको कालो आँखाको क्लोज–अप शटबाट क्लिप सुरु हुन्छ । त्यसपछि एसीपी प्रद्युम्न प्रहरीको गाडीबाट मुसलधारे पानीमा निस्केको देखिन्छ । पृष्ठभूमिमा सीआईडीको चर्चित थिम संगीत बज्छ ।

डिटेक्टिभ ड्रामा विधाको यो शोमा ‘इन्स्पेक्टर पंकज’को मुख्य भूमिका निर्वाह गरेका अभिनेता अजय नागरथले पनि उक्त क्लिप आफ्नो सामाजिक सञ्जालमा सेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘के तपाईं उत्साहित हुनुहुन्छ ?’ यसले शोका कलाकारमा पनि यसप्रति निकै उत्साह रहेको देखाउँछ ।




यो लोकप्रिय शो फर्किने खबरले फ्यान पनि उत्साहित छन् । सोनी टिभीको हिट शृंखला सीआईडी २० वर्षको सफल दौड पूरा गर्दै अक्टोबर २०१८ मा समाप्त भएको थियो । शोमा काम गर्ने कलाकारहरु आफ्नो उत्कृष्ट अभिनयका कारण घरघरमा चर्चित भए । ट्रेलर शनिबार सार्वजनिक हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...