मुख्य समाचार
भारतको चर्चित टेलिभिजन शो ‘सीआईडी’का फ्यानका लागि खुसीको खबर
भारतको चर्चित टेलिभिजन शो ‘सीआईडी’का फ्यानका लागि खुसीको खबर

। भारतको चर्चित टेलिभिजन शो ‘सीआईडी’का फ्यानका लागि खुसीको खबर छ । २० वर्षभन्दा बढी समयदेखि दर्शकलाई मनोरञ्जन दिंदै आएको यो शोको पुनरागमन हुने भएको छ ।

सोनी टिभीले शोको क्लिप सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ । क्लिपमा लोकप्रिय कलाकार शिवाजी साटम, आदित्य श्रीवास्तव र दयानन्द शेट्टी देखिएका छन् ।




दयानन्द शेट्टीको कालो आँखाको क्लोज–अप शटबाट क्लिप सुरु हुन्छ । त्यसपछि एसीपी प्रद्युम्न प्रहरीको गाडीबाट मुसलधारे पानीमा निस्केको देखिन्छ । पृष्ठभूमिमा सीआईडीको चर्चित थिम संगीत बज्छ ।

डिटेक्टिभ ड्रामा विधाको यो शोमा ‘इन्स्पेक्टर पंकज’को मुख्य भूमिका निर्वाह गरेका अभिनेता अजय नागरथले पनि उक्त क्लिप आफ्नो सामाजिक सञ्जालमा सेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘के तपाईं उत्साहित हुनुहुन्छ ?’ यसले शोका कलाकारमा पनि यसप्रति निकै उत्साह रहेको देखाउँछ ।




यो लोकप्रिय शो फर्किने खबरले फ्यान पनि उत्साहित छन् । सोनी टिभीको हिट शृंखला सीआईडी २० वर्षको सफल दौड पूरा गर्दै अक्टोबर २०१८ मा समाप्त भएको थियो । शोमा काम गर्ने कलाकारहरु आफ्नो उत्कृष्ट अभिनयका कारण घरघरमा चर्चित भए । ट्रेलर शनिबार सार्वजनिक हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...