मुख्य समाचार
दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्चेन्ट डी ल्याङलाई चितवन राइनोजले अनुबन्ध
दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्चेन्ट डी ल्याङलाई चितवन राइनोजले अनुबन्ध

। दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्चेन्ट डी ल्याङलाई चितवन राइनोजले अनुबन्ध गरेको छ । १४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय ल्याङलाई चितवनले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चितवनले अनुबन्ध जनाएको छ ।

६.७ फिट उचाइ भएका दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन् । उनले यस फर्म्याटका १५१ टी–२० खेल खेलेका छन् । ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्‍टरसायरजस्ता टोलीबाट काउन्टी क्रिकेट खेलेको उनीसँग अनुभव छ ।


त्यसैगरी, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, इस्लामाबाद युनाइटेड, गुयाना अमेजन वारियर्स, ट्रेन्ट रकेट्स, डम्बुला गेन्ट्सलगायत विश्वस्तरिय फ्रेन्चाइज टोलीको समेत उनले प्रतिनिधित्व गरिसकेका छन् ।

सन् २०११ मा श्रीलंकाविरुद्धको टेस्ट डेब्यु गरेका उनले डेब्यु खेलमै सात विकेट लिएका थिए। ल्याङले दक्षिण अफ्रिकाका लागि २ टेष्ट, ४ ओडिआई र ६ टी२०आई खेल खेलेका छन् ।

उनलाई सीमित ओभरको क्रिकेटका कारण बढी सम्झिने गरिन्छ । सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध उनले टी–२० आई डेब्यु गरेका थिए ।

‘नेपाल प्रिमियर लिगमा चितवन राइनोजको प्रतिनिधित्व गर्न पाउँदा र विश्वका सबैभन्दा जोसिलो फ्यानहरूको अगाडि खेल्न पाउँदा म रोमाञ्चित छु । सुन्दर सहर चितवन र हिमाली राष्ट्र नेपालको यो मेरो पहिलो भ्रमण हुनेछ,’ मर्चेन्ट डी ल्याङले भनेका छन् ।

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजका प्रबन्ध निर्देशक आयुश न्यौपानेले अनुभवी विदेशी बलर अनुबन्ध गर्न पाउँदा उत्साहित रहेको बताए । ‘ल्याङ ठूलो खेलाडी हुन्। उनलाई अनुबन्ध गर्न पाउँदा हामी उत्साहित छौं। उनी जस्तो कोही उपलब्ध छ भने छनोट गर्नु ठूलो कुरा होइन। उनको आगमन नेपाली क्रिकेट समर्थकलाई धेरै रोमाञ्चक अनुभव हुनेछ,’ उनले भनेका छन् ।

कुशल मल्ल मार्की प्लेअर रहेको चितवन राइनजोजको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक उमेश पटवाल छन् । डी ल्याङ एनपीएलका लागि अनुबन्ध हुने तेस्रो टेष्ट क्रिकेटर हुन् ।

यसअघि पोखरा राइनोजले वेष्ट इन्डिजका एण्डरसन फिलिपि र जनकपुर बोल्ट्सले न्युजिलायण्डका जेम्स निसमलाई अनुबन्ध गरिसकेको छ । यस बाहेक कर्णाली याक्सले अनुबन्ध गरेको पाकिस्तानका हुसेन तलातले टी२०आई मात्र खेलेका छन् ।

लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्सले टेष्ट राष्ट्रका खेलाडी अनुबन्ध गरेपनि उनीहरुले टेष्ट खेलेका छैनन् । लुम्बिनीले इंग्लिस विकेटकिपर टम मुर्स र सुदूरपश्चिमले इंग्ल्याण्डका सेफ अली जैबलाई अनुबन्ध गरेको छ ।

आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलको पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...