मुख्य समाचार
इंग्ल्याण्डका सेफ अली जेबले सुदूरपश्चिमबाट एनपीएल खेल्ने
इंग्ल्याण्डका सेफ अली जेबले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) ला लागि इंग्ल्याण्डका सेफ अलि जेबलाई अनुबन्ध गरेको छ ।

सुदूरपश्चिमले बिहीबार जेबलाई अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

२६ वर्षीय बायाँ हाते ब्याटिङ अलराउन्डरले अहिलेसम्म राष्ट्रिय टिमबाट खेलेका छैनन् । तर, उनीसँग इंग्ल्याण्डको घरेलु काउन्टी क्रिकेट खेलेको अनुभव छ ।

उनले बकिमह्याम्पसायर र नर्थह्याम्पसायरबाट इंग्लिस काउन्टी क्रिकेट खेलेका छन् ।

जेबले अहिलेसम्म ७४ टी२० खेल खेलेका छन् । जसमा उनको उच्च स्कोर ९२ नर हो ।

सुदूरपश्चिम रोयल्सले दोस्रो विदेशी खेलाडीको रुपमा जेबलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिमले यसअघि स्कटिस अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई अनुबन्ध गरिसकेको छ ।

दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् भने अस्ट्रेलियाबाट टी-२० विश्वकप जितेका पूर्वक्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा अनुबन्ध गरेको छ ।

एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ । जसमा ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिम रोएल्स टिम

दीपेन्द्र सिंह ऐरी (मार्की प्लेअर), आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाएर, भोजराज भट्ट, नरेन साउँद, अमित श्रेष्ठ, ब्रान्डन म्याकमुलेन, सेफ अलि जेब

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...