मुख्य समाचार
नेपालको नाममा रहेको टी-२० खेलमा सर्वाधिक रन बनाउने रेकर्ड जिम्बावेले तोड्यो
नेपालको नाममा रहेको टी-२० खेलमा सर्वाधिक रन बनाउने रेकर्ड जिम्बावेले तोड्यो

: जिम्बावेले टी-२० क्रिकेटमा नेपालको रेकर्ड तोडेको छ। नेपालको नाममा रहेको टी-२० खेलमा सर्वाधिक रन बनाउने रेकर्ड जिम्बावेले तोडेको हो।



बुधबार गाम्बियाविरुद्धको खेलमा जिम्बावेले ऐतिहासिक ३४४ रन बनाएको हो। टस जितेर ब्याटिङ गरेको जिम्बावेले ४ विकेटको क्षतिमा ३४४ रन बनाएको हो। जिम्बावेका लागि सिकन्दर राजाले सर्वाधिक १३३ रन बनाए। ४३ बलमा ७ चौका र १५ छक्का प्रहार गरेका राजाले ३३ बलमा सतक बनाए।

त्यस्तै तडिवानासे मरुमानीले ६२, ब्रियन बेन्नेटले ५०, डियोन माइर्सले १२ र र्‍यान बुरीले २५ रन बनाए। क्लभ मदन्दले अविजित ५३ रन बनाए।


टी-२० विश्वकपको अफ्रिका छनौटअन्तर्ग भएको खेलमा गाम्बिया ५४ रनमा समेटिए गाम्बियाका लागि अन्ड्रे जर्जुले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। जितसँगै जिम्बावे ८ अंकसहित शीर्ष स्थानमा छ। ८ अकंसहित नै केन्या दोस्रो नम्बरमा छ।

यसअघि गत वर्ष चीनमा सम्पन्न एसियन गेम्सअन्तर्गत मंगोलियाविरुद्ध नेपालले ३१४ रन बनाएर रेकर्ड कायम गरेको थियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाएका थिए। दीपेन्द्र सिंह ऐरीले पनि ९ बलमा अर्धसतक प्रहार गर्दै कीर्तिमान कायम गरेका थिए। उक्त खेलमा मंगोलिया ४१ रनमा समेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...