मुख्य समाचार
नेपालको नाममा रहेको टी-२० खेलमा सर्वाधिक रन बनाउने रेकर्ड जिम्बावेले तोड्यो
नेपालको नाममा रहेको टी-२० खेलमा सर्वाधिक रन बनाउने रेकर्ड जिम्बावेले तोड्यो

: जिम्बावेले टी-२० क्रिकेटमा नेपालको रेकर्ड तोडेको छ। नेपालको नाममा रहेको टी-२० खेलमा सर्वाधिक रन बनाउने रेकर्ड जिम्बावेले तोडेको हो।



बुधबार गाम्बियाविरुद्धको खेलमा जिम्बावेले ऐतिहासिक ३४४ रन बनाएको हो। टस जितेर ब्याटिङ गरेको जिम्बावेले ४ विकेटको क्षतिमा ३४४ रन बनाएको हो। जिम्बावेका लागि सिकन्दर राजाले सर्वाधिक १३३ रन बनाए। ४३ बलमा ७ चौका र १५ छक्का प्रहार गरेका राजाले ३३ बलमा सतक बनाए।

त्यस्तै तडिवानासे मरुमानीले ६२, ब्रियन बेन्नेटले ५०, डियोन माइर्सले १२ र र्‍यान बुरीले २५ रन बनाए। क्लभ मदन्दले अविजित ५३ रन बनाए।


टी-२० विश्वकपको अफ्रिका छनौटअन्तर्ग भएको खेलमा गाम्बिया ५४ रनमा समेटिए गाम्बियाका लागि अन्ड्रे जर्जुले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। जितसँगै जिम्बावे ८ अंकसहित शीर्ष स्थानमा छ। ८ अकंसहित नै केन्या दोस्रो नम्बरमा छ।

यसअघि गत वर्ष चीनमा सम्पन्न एसियन गेम्सअन्तर्गत मंगोलियाविरुद्ध नेपालले ३१४ रन बनाएर रेकर्ड कायम गरेको थियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाएका थिए। दीपेन्द्र सिंह ऐरीले पनि ९ बलमा अर्धसतक प्रहार गर्दै कीर्तिमान कायम गरेका थिए। उक्त खेलमा मंगोलिया ४१ रनमा समेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...
: म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ह्यारी म्यागुएरले क्लबसँग एक वर्षको सम्झौता नवीकरण गरेका छन् । ३३ वर्षीय सेन्टर डिफेन्डरको यो सिजनको अन्त्यसँगै उनको हालको सम्झौता सकिने थियो । त्यसअघि नै उनले एक वर्ष थप गरेका हुन् । उक्त हाल गरेको सम्झौतामा थप एक वर्ष अझ लम्बाउन मिल्ने उल्लेख गरिएको छ । म्यागुएर सन् २०१९ मा ...