मुख्य समाचार
माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा
माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा

। माल्दिभ्सलाई १३-० ले पराजित गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।

समूह बी अन्तर्गत बिहीबार दशरथ रंगशालमा भएको खेलमा भुटानको फराकिलो जितमा देकी लाजोम एक्लैले ५ गोल गरिन् । कप्तान पेमा छोडेन छिरिङ र छिरिङ यान्डेले दुई-दुई तथा सोनाम छोडेन, नाम्ग्याल देमा, देकी याङडोन र छिरिङ लाडेनले एक-एक गोल गरे ।


जितपछि समूह बी मा भुटान ३ खेलबाट ७ अंक जोडेर सेमिफाइनलमा पुगेको हो । भुटान लगातार दोस्रो पटक साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । यसअघि २०२२ मा नेपालमै भएको साफमा भुटान पहिलो पटक सेमिफाइनल पुगेको थियो ।

अब आजै हुने घरेलु टोली नेपाल र श्रीलंकाबीचको खेलबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । दुई खेलबाट नेपालको ४ अंक छ भने श्रीलंकाको ३ अंक छ । नेपाललाई सेमिफाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ भने श्रीलंकालाई नेपाल विरुद्ध जित निकाल्नैपर्ने आवश्यकता छ ।


भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेकोले नेपालले समूह बी को विजेता बन्न श्रीलंकालाई कम्तीमा पनि ६ गोल अन्तरले पराजित गर्नुपर्नेछ । नेपालले श्रीलंकासँग बराबरी खेले वा ५ भन्दा कम गोलअन्तरमा विजयी भए भुटान समूह बी को विजेता बन्नेछ भने नेपाल उपविजेता बन्नेछ।

पहिलो खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेलेको थियो। त्यसपछि भुटानले श्रीलंकालाई ४-१ ले पराजित गरेको थियो ।

तीन खेलमा भुटानले १७ गोल गर्दा जम्मा १ गोल मात्र खाएको छ । नेपालले दुई खेलमा अहिलेसम्म ११ गोल गरेको छ । नेपालले माल्दिभ्सलाई ११-० ले पराजित गरेको थियो ।

लगातार तीन खेलमा पराजित माल्दिभ्स गोलविहिन हुँदै समूह चरणबाट बाहिरिएको छ । तीन खेलमा माल्दिभ्सले २५ गोल खाँदा एक गोल गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया पेसिफिक छनोट फाइनल खेलका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ । वेस्ट इन्डिजसँगको शृंखला खेल्न यूएई गएको १६ सदस्यीय टोलीबाट साहब आलम बाहिरिएका हुन् । यसअघि क्यानले यूएई गएकै टोली छनोटका लागि ओमान प्रस्थान गरेको जनाएको थियो । नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले ...
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...