मुख्य समाचार
च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्न म्युनिखलाई ४-१ ले पराजित
च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्न म्युनिखलाई ४-१ ले पराजित

। कप्तान राफिन्हाले ह्याट्रिक गरेपछि युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाले बायर्न म्युनिखलाई ४-१ ले पराजित गरेको छ । बार्सिलोनाका लागि अर्को गोल रोवर्ट लेवान्डोस्कीले गरे ।

जर्मन क्लब बायर्नका ह्यारी केनले एक गोल गरे ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै राफिन्हाले गोल गर्दै अग्रता दिलाएका थिए । दशौँ मिनेट मिनेटमा बायर्नका ह्यारी केनले गोल गरेपनि भिएआरले मान्यता दिएन । तर १८औं मिनेटमा केनले नै गोल गर्दै खेल बराबरीमा ल्याए ।

३६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाले २-१ को अग्रता दिलाए । ४५औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ३-१ को अग्रता लियो ।


राफिन्हाले ५६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले ४-१ को अग्रता बनायो ।

च्याम्पियन्स लिगमा बार्सिलोनाको यो दोस्रो जित हो । बार्सिलोना ३ खेलबाट ६ अंकसहित दशौँ स्थानमा छ । दोस्रो हार व्यहोरेको बायर्न ३ अंकसहित २३औं स्थानमा छ ।

अर्को स्थानीय क्लब एट्लेटिको मड्रिड भने फ्रेन्च क्लब लिलसँग ३-१ ले स्तब्ध बनेको छ । यसअघि रियल मड्रिडलाई समेत हराएको लिलले एक गोलले पछि परेको स्थितमा पुनरागमन जित निकालेको हो । उसका लागि जोनाथन डेभिडले दुई गोल गरे भने जेग्रोभाले एक गोल गरे ।

त्यसअघि जुलियन अल्भारेजको गोलमा एट्लेटिकोले अग्रता लिएपनि जोगाउन सकेन । दोस्रो जितपछि लिल ६ अंक जोडेर १५औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...